महानगरले एक सूचना प्रकाशित गरेर संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार विद्यालयले विद्यार्थीलाई आफैले सरसामान बिक्रि गर्न नपाउने भन्दै सचेत गराएको
२६ चैत्र । विद्यालयले आफ्ना विद्यार्थीलाई किताव, पोशाक र कपिकलामलगायत स्टेशनरी बिक्रि गरे काठमाडौं महानगरपालिकाले कारवाही गर्ने भएको छ ।
महानगरले एक सूचना प्रकाशित गरेर संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार विद्यालयले विद्यार्थीलाई आफैले सरसामान बिक्रि गर्न नपाउने भन्दै सचेत गराएको छ ।
आफैँले किताब बेच्ने र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो महानगरका मेयर वालेन शाहले सामाजिक सञ्जालमार्फत उल्येख गर्दै सार्वजनिक गरेका छन् । उनले विद्यालयको सो कार्य दण्डनीय भएको स्मरण उल्येख गरेका छन् ।
प्रतिक्रिया