महोत्सवमा स्थानीय कला प्रदर्शनी, रचानावाचन , विभिन्न कृति विमोचन,सम्मान र बहस आयोजना गरिएको थियो
२६ चैत्र । दक्षिण ललितपुरमा पहिलोपल्ट साहित्यिक कुम्भमेला महाङ्काल कला साहित्य महोत्सव सम्पन्न भएको छ । महोत्सवमा देशका विभिन्न स्थानबाट आएका २ सयभन्दा धेरै साहित्यकारहरुको जमघट थियो ।
’साहित्य नै समाजको दर्पण हो’ भन्ने नाराका साथ सुनगाभा साहित्य सदनको आयोजना र महाङ्काल गाउँपालिकाको सहयोगमा शुक्रबार र शनिबार विभिन्न साहित्यिक गतिविधि भएका छन् ।
महोत्सवमा स्थानीय कला संस्कृति तथा झाँकी, खैजेडी भजनको प्रस्तुति, स्थानीय कला प्रदर्शनी, कविता प्रतियोगिता, रचानावाचन , सुनगाभा विशेषांक,कृति विमोचन,सम्मान,कलाकारबाट सांगीतिक प्रस्तुतिको साथै सामाजिक संस्कृतिक विकासमा महांकालको मार्गचित्र विषयक सान्दर्भिक बहस समेत आयोजना गरिएको थियो।
महाङ्काल कला साहित्य महोत्सव,साहित्यकार गोपाल सञ्जेल र रामबहादुर थोकर सम्मानित भए । संजेलका ’उज्यालो बाटोतिर’ र ’निःशब्दका शब्द’ (कवितासंग्रह ),’मै हराएँ आज’(गजलसंग्रह), म भित्र म खोजेर (हाईकुसंग्रह) तथा पत्थर पगाल्दै, विस्मात, समय रेखामा आमोई जस्ता निबन्ध र उपन्यास कृतिहरु प्रकाशित छन्।
कालेश्वरका अर्का सम्मानित गायक तथा गीतकार रहेका रोमबहादुर थोकर ’रिमठिम ला ह्वाई’ नामक गीतिसंग्रह प्रकाशित गरेका छ । साथै उनले विभिन्न चलचित्रमा पनि अभिनय समेत गरेका छन्।
महोत्सवमा वरिष्ठ साहित्यकारहरु नवराज लम्साल,देवी पन्थी, कृष्णप्रसाद दाहाल,गोपाल संजेल,सुचिता काफ्ले, यमुना प्रधानाङ्ग मुना,जनार्दन अधिकारी धड्कनलगायतले रचानावाचन गरेर साहित्यिक वातावरण बनाएका थिए ।
कार्यक्रममा साहित्यकार सिताराम घिमिरेको चारुसंग्रह ’नबर्सिने बादल’ महोत्सवमा लोकार्पण गरिएको थियो ।
वरिष्ठ साहित्यकार डा नवराज लम्सालले साहित्यकार बन्नका गरेका दुख र संघर्षका प्रेरणादायी कुराहरु सुनाए । प्राध्यापक डाक्टर कृष्ण प्रसाद दाहालले संसार नै कला साहित्यको भण्डार रहेको बताए। सुनगाभा साहित्य सदनका अध्यक्ष रामसुन्दर केसीले साहित्यको सेवामा सुनगाभाले विभिन्न कार्यक्रमहरु बारे जानकारी दिएका थिए ।
गाउँपालिका प्रमुख गणेशबहादुर केसीले कला साहित्य महोत्सव जस्तो विशेष र महत्त्वपूर्ण कार्यक्रम महांकाल गर्न पाउदा खुशी व्यक्त गरे । उनले गाउँपालिका प्रज्ञा प्रतिष्ठान ऐन गाउँसभाबाट पास भईसकेको र अब छिटै उक्त ऐन कार्यान्वयन आउने बताए ।
प्रतिक्रिया