१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा पहिलो बन्यो राज गणेश धिमे खलः



 

३९ टोलीलाई पछाडि पार्दै राज गणेश धिमे खलः पहिलो भएको हो । उसले रु ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ

२६ चैत्र । बिस्केट जात्राको अवसरमा आयोजना गरिएको उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः पहिलो भएको छ ।

मध्यपुरथिमि नगरपालिकाले बालकुमारी मन्दिर परिसरमा आयोजना गरेको सो प्रतियोगितामा सहभागी ३९ टोलीलाई पछाडि पार्दै राज गणेश धिमे खलः पहिलो भएको हो । उसले रु ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा काठमाडौँ धर्मस्थलीको पुलांगु तःग्वगु धिमे खलः दोस्रो हुँदै रु २० हजार प्राप्त ग¥यो । भक्तपुर कमलविनायकको यातु गणेश द्यो गुठी तेस्रो हुदै रु १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगितामा सूर्यविनायक नगरपालिका १, सिरुटारको लुँनिभा धिमे खलःले सान्त्वना पुरस्कार तथा लाय्कु धिमे खलः थिमिलाई रु पाँच हजारसहितको जर्ज च्वाइसको उपाधि प्रदान गरिएको छ ।
मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले विजयी हुनेलाई पुरस्कार प्रदान गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ३ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।