काठमाडौं
२६ चैत्र । चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौं महानगरपालिका ३२ का विभिन्न स्थानबाट बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रे सिम्ले गाउँपालिका ६ घर भई काठमाडौं बौद्ध बस्ने १९ वर्षीय राज तामाङ, दोलखा कालिन्चोक गाउँपालिका २ घर भई भक्तपुर व्यासी बस्ने १९ वर्षीय सुजन बुढाथोकी, रौतहट घर भई काठमाडौं चावहिल बस्ने २० वर्षीय अजय कुमार र पर्सा जर्गनाथपुर गाउँपालिका २ घर भई काठमाडौं पेप्सिकोला बस्ने १९ वर्षीय जलि आलम मियाँ रहेका छन् ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गरी विक्री गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई चोरी गरेको ८ थान मोटरसाइकलसहित पक्राउ गरेको हो ।
उनीहरु उपर चोरी तथा डाँका मुद्दामा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२६ चैत्र २०७९, आइतबार
46
Shares
प्रतिक्रिया