काठमाडौं, २७ चैत । काठमाडौँ महानगरपालिका–३० डिल्लीबजारमा सञ्चालित फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको छ । कन्सल्टेन्सीको आवरणका ‘किर्ते’ काम भइरहेको सुराकको आधारमा छापा मारेर चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१० घर भएका उत्सव सुवेदी, चितवनको राप्ती नगरपलिका–३ घर भएका ३३ वर्षीय निराजन उप्रेती, २८ वर्षका निरज उप्रेती र दाङको तुलसीपुर घर भएका सन्दीप डाँगी छन् ।
कन्सल्टेन्सीबाट प्रहरीले विभिन्न सरकारी कार्यालयका ६ थान छाप, सरकारको छाप लगाएका कागजातहरु र कम्यूटर बरामद गरेको छ । बैंकले जारी गर्ने कागजात, मालपोत, भूमि व्यवस्था सहरकारी तथा गरिबी निवारण मन्त्रालयको छाप र त्रिवि शिक्षण अस्पतालको छाप पनि बरामद गरेको छ ।
२७ चैत्र २०७९, सोमबार
76
Shares
प्रतिक्रिया