२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा निर्माणधिन समिट अपार्टमेन्ट बनाउन नदिने महानगरको निर्णय



समितिलाई क्षतिको विवरण संकलन, क्षतिपूर्ति विरतण र निर्माण कम्पनीलाई कारबाहीको सिफारिसको म्याण्डेट दिइएको छ

२७ चैत । ललितपुर महानगरपालिकाले बखुण्डोलस्थित निर्माणाधीन समिट अपार्टमेण्ट बनाउन नदिने निर्णय गरेको छ । सांसद विनोद चौधरीको निर्माणाधीन अपार्टमेण्डका कारण स्थानीयहरु मारमा परेपछि महानगरले उक्त अपार्टमेण्ट बनाउन नदिने भएको हो ।

त्यस्तै घटनाबारे छानबिन गर्न महानगरपालिकाले उपमेयर बज्राचार्यको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त समितिमा सम्बन्धित वडाका दुई वडाध्यक्ष, पीडितका तर्फबाट तीन जना, समिटका प्रतिनिधि, महानगरका इन्जिनियर र प्रवक्ता छन् । समितिलाई क्षतिको विवरण संकलन, क्षतिपूर्ति विरतण र निर्माण कम्पनीलाई कारबाहीको सिफारिसको म्याण्डेट दिइएको छ ।

चौधरीको समिट अपार्टमेण्टको जग खन्ने क्रममा दुई वटा घर ध्वस्त भएका थिए । एउटा छ तले घरको भुईंतल्ला जमिनमुनी भासिएको थियो भने आधा दर्जनबढी घरमा क्षति पुगेको पाइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।