२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ढाका कुमारको पार्टीको सदस्यता र सांसद पद खारेज



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको छ। बुधबार साँझ पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टी साधारण सदस्य नरहने गरी कारबाही गरेको पार्टी सभापति रवि लामिछानेले बताए ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले श्रेष्ठलाई कारबाही गर्दै उहाँको ठाउँमा बिन्दबासिनी कंसाकारलाई सांसद सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । सभापति लामिछानेले पार्टीको अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधान विपरीत काम गरेको भन्दै कारबाही गरेर सांसद पदमा कंशाकारको नाम सिफारिस गरिएको बताए ।

यसअघि बुधबार नै नेता ढाकाकुमार श्रेष्ठले भने केही महिना अगाडिको अडियो सार्वजनिक गरेर पार्टीमाथि प्रहार भएको बताएका थिए। सांसद् श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनीमाथि अनुसन्धान थालेको थियो।

 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  २ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।