६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालेनले भने, ‘कि काठमाडौंको हितमा काम गर्नुस्, नभए सिंहदरबार अर्को पालिकामा सार्नुस्’



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहाले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्न चुनौती दिएका छन् । बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै मेयर बालेनले संघीय सरकारलाई यस्तो चुनौती दिएका हुन् । उनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सारे पनि राजधानी नै सारे पनि काठमाडौंवासीलाई कुनै आपत्ति नहुने उल्लेख गरेका छन् ।

उनले काठमाडौंवासीलाई सम्पदा, संस्कृति, कला, सभ्यता चाहिएको तर राजनीति नचाहिएको पनि बताएका छन् । उनले भनेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।’

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ७ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।