बिमर्श गोष्ठी शीषर्क नाम दिएर २०८९ सालको अन्तिम दिन ३० चैतमा काठमाडौंमा ड्उडामाथि प्राज्ञिक छलफल भयो
१ बैशाख । बिहीबार डेउडा लोक साहित्यमाथि चर्चा गरिएको एक कार्यक्रममा पूर्व उपप्रधानतथा गृहमन्त्रीभीम रावलले डेउडा र राजनीतिकको सम्बन्ध जोड्दै ड्उडा गीत सुनाए । एमाले नेता रावलले राजनीति र नेतामाथि ब्यङ्य गरिएको डेउडा गीतको भाका र अर्थ जोड्दै सस्कृति मान्छेको जीवन भएको बताए । ‘सस्कृतिमादेश बोल्छ, समाज बाच्छ, जीवन चल्छ’ डेउडा लोकसाहित्यको चर्चा गर्दै रावलले भने, ‘यदी समाज देश कमजोर बनाउनुछ भने उसको सस्कृतिमाथि प्रहार गरिन्छ । त्यस कारण डेउडा कर्णाली र सुदूरपश्चिमको जीवन भएकाले यसलाई बचाइराख्नुपर्छ । ’ डेउडा लोक सात्हिय : बिमर्श गोष्ठी शीषर्क नाम दिएर २०८९ सालको अन्तिम दिन ३० चैतमा काठमाडौंमा ड्उडामाथि प्राज्ञिक छलफल भयो । ड्उडा सुनाउँदै भनाई राख्दै सुदूरपश्चिम र कर्णालीका केही नेता, प्राज्ञ, डेउडाका सर्जक, गायकले डेउडाको बहुआयामिक विषयमा चर्चा गरे ।
सुदूरपश्चिमक ाविभिन्न जिल्लामा भाषा र लवजमा डेउडा गीत सुसेल्दै डेउडाका सामाजिक, सास्कृति, राजनीतिक पाटोमाथि चर्चा गर्दा सहभागि रमाएका थिए । म नरमाउने कुरै थिएन । सुदूरपश्चिमेली डेउडा काठमाडौंमा सुन्नुको मजा नै बेग्लै थियो।
बरिष्ठलोक गायक नन्दकृष्ण जोशीले लेखन, अभिव्यक्ति र खेलको संयोजन रहेको देउडा गीत उत्कृष्ट सिर्जनाका रुपमा रहेको बताए । ‘देउडा यस्तो सिर्जनाहो, जुन लेख्दा साहित्य, बोल्दागीत र खेल्दा नाच हुन्छ । यीतिनै कुराको संयोजन भएको साहित्यिक वैभव संसारमै छैन’, उनले भने ।
पश्चिम नेपालमा कला संस्कृतिको इतिहास हेर्ने हो भने डेउडा गीत पहिलो स्थानमा रहेको छ । माया, रोदन, आँसु, बेदना र दुःखपोख्ने डेउडा गीतको विगत र वर्तमान, डेउडा गीतका प्रकार, डेउडाको इतिहासका विषयमा गोष्ठीमा छलफल भएको थियो ।
गोष्ठीमा ‘सामाजिक रुपान्त्रणमा देउडा र मानवशास्त्रीय, समाज शास्त्रीय दृष्टिकोणमा डेउडा’ विषयमा दुई वटा कार्यपत्र पेश गरिएका थिए । समाजिक रुपान्त्रणमा डेउडा विषयको कार्यपत्र पेश गर्दै प्रा.डा.बर्दी शर्मा बिनाडीले सामाजिक रुपान्त्रणका डेउडाले महत्वपूर्ण भूमिका खेलेको केही उदाहरण पेश गरेका थिए ।
प्रतिक्रिया