१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीका हृदयघातपछि निधन



२ बैशाख । शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको ललितपुरको एक अस्पतालमा हृदयघातका कारण निधन भएको छ ।
अस्पतालका अनुसार उपचारको क्रममा आज बिहान ५ः५६ बजे उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि गतचैत १६ गते अस्पतालमा भर्ना गरिएको थियो ।
गएको असोज ३० गते शताब्दीपुरूष सत्यमोहन जोशीको निधन भएयता राधादेवि शोक थिइन् । पछिल्लो समय उनको स्वास्थ्य अवस्थाका कारण कमजोर रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार जोशीलाई निमोनिया भइ सघन कक्षमा उपचार सुरु गरिएको थियो । उनको सेपटिक सक र हृदयघातका कारण निधन भएको अस्पतालले जानकारी दिएको छ ।
शताव्दी पुरुष जोशीले मृत्युपश्चयात अस्पताललाई शरिर दान दिएका थिए ।

 

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ५ : ११ बजे