१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोकर्णेश्वरमा कान्तिभैरव जात्राका लागि तयारी पूरा



काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण चतुर्दशीदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर क्षेत्रमा मनाइने कान्तिभैरव जात्राका लागि सम्पूर्ण तयारी पूरा भएको छ । वैशाख कृष्ण चतुर्दशीका दिन बिहान स्थानीयवासीले आ–आफ्ना घरआँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा शुरु गरिने परम्परा छ ।

चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेकमा सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवको मुख्य जात्रा शुरु हुन्छ । कान्तिभैरवकै नामबाट कान्तिपुर नामकरण भएको विश्वास गरिन्छ । जात्राका लागि गोकर्णेश्वर क्षेत्रलाई बेहुलीझैँ सिँगारिएको छ । जात्राको सबै तयारी पूरा भएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिए । जात्राका लागि विगतदेखि नै नगरपालिकाले पनि सहयोग गर्दे आएको उनले सुनाए ।

जात्राका लागि वडा कार्यालयले वैशाख ६ देखि १० गतेसम्म कहाँ कहाँ रथ लैजाने र के के जात्रा कुन समयमा गर्ने भनी तालिका नै सार्वजनिक गरेको छ । यसबाट भक्तजनलाई सहज हुने विश्वास गरिएको छ । जात्राका क्रममा वैशाखकृष्ण आमावास्याका दिन स्थानीय डबलीमा आमाछोरी र सासूबुहारीले संयुुक्तरुपमा सहभागी भएर सिन्दूर जात्रा हेर्नुपर्दछ भन्ने जनविश्वास छ । यसलाई कान्तिभैरवको सिन्दूर जात्रा पनि भन्ने गरिएको स्थानीयवासी एवं साबिकको गोकर्णेश्वर गाविसका पूर्वउपाध्यक्ष राधाकृष्ण श्रेष्ठले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ५९ बजे