१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको फोहोर फाल्न नदिने चेतावनी



काठमाडौं, ७ वैशाख । धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए फोहोर राक्ने चेतावनी दिएका छन् । उनीहरुले सहमति कार्यान्वयनका लागि १५ दिनको अल्टिमेटम दिएका छन् । ५ वैशाखमा बसेको दुई पालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको ककनी गाउँपालिका अध्यक्ष सुमन लामाले बताए ।

वर्गीकरण गरेर मात्रै फोहोर व्यवस्थापन गर्नुपर्ने, फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने, रातिको लागि आवश्यक बत्ती तथा सडकको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका विषयमा गत २३ जेठ, २०७९ मा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिका तथा गत २६ जेठमा नै काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरु बीच सम्झौता भएको थियो ।

वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोलि गठन गरेर न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने लगायतका सात बुँदे माग उनीहरुले अघि सारेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ९ : २९ बजे