१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा दुई जना मृत फेला



७ वैशाख । काठमाडौंको सिनामंगल र बालाजु बोहराटारमा एक एक जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ९ सिनामंगल भत्केको पुल नजिक मन्दिरको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं १६ बालाजु बोहराटार पुरानो गणेश मन्दिर नजिक बाँसको झ्याङमा सोही ठाउँ बस्ने धादिङ गगाजमुना गाउँपालिका ७ घर भएका ६० वर्षीय कृष्णबहादुर दाहाल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  २ : १३ बजे