१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं, ८ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा कित्ताकाट गर्दा अनधिकृतरुपमा नक्सा परिवर्तन गरी ट्रायल चेकबाट क्षेत्रफलमा बढ कायम गर्ने र सोहीबमोजिमको राजीनामा लिखत पारित गरी गलत लिखत तयार गरेको आरोपमा तत्कालीन प्रमुख नापी अधिकृत महर्जनसहित ८ जनाविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत महर्जनसहित, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादव, मालपोत कार्यालय, चाबहिल, काठमाडौंका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले र नायव सुब्बा उत्‍तम कुँवर, झापाको कमल गाउँपालिका वडा नं. २ का योगेन्द्र आचार्य, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का सिताराम अधिकारी र काठमाडौं महानगरपालिका वडा नं. ९ का नविन दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

अख्तियारले महर्जन, पाण्डेय र यादवले मूलपानी १ ख कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी नक्सा सच्याएको दाबी गरेको छ ।

मालपोत चाबहिलका तत्कालीन मालपोत अधिकृत काफ्ले र नायव सुब्बा कुँवर तथा झापाको कमल गाउँपालिका-२ का आचार्य, काठमाडौँ कागेश्वरी मनोहरा-९ का अधिकारी र काठमाडौँ महानगरपालिका -९ का दाहालको पनि उक्त कार्यमा संलग्नता रहेको अख्तियारको दाबी छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मुख्य कसुरदारलाई हुने सजायसरह सजाय हुन मागदाबी लिइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १० : ३७ बजे