२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रातो मत्येस्न्द्रनाथको रथ यात्रा शुरु



काठमाडौं, ११ वैशाख । वर्षा र सहकालका देवता मानिने रातो मत्येन्द्रनाथ (रातो मच्छिन्द्रनाथ) को रथ तानिएको छ।

गुरुज्युको पल्टनले विगुल बजाएर हर्षबढाई गरी रथ तान्न सुरु गरिएको हो। आज ललितपुरको पुल्चोकबाट मंगलबजारको गाःबहालसम्म रथ तानिएको छ।

पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ।

रातो मत्स्येन्द्रनाथको जात्रा तीन दिन अघिबाटै सुरु भएपनि आजबाट रथ तानिएको हो। रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ। जात्रा ललितपुरका नेवार समुदायले एक महिना भर मनाउँछन्।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ३ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।