७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जीवनशैली


‘पाटनकी पुर्वकुुमारी समिता बज्राचार्य प्रगतिपथमा’



ललितखबर
१३ बैशाख । पाटनकी पुर्वकुमारी समिता बज्राचार्य बेला बखत हाँसि नै रहन्छिन् । चिने नचिनेका मान्छेसँग हाँसेर बोल्नु उनको बानी हो ।
अक्सर कुमारी र पुर्वकुमारी गम्भिर मुन्द्रामा देखिन्छन् । हाउभाउ हेर्दा पनि खुलेर बोलेको र हाँसेको विरलै देखिन्छ ।


तर पुर्वकुमारी समिता बज्राचार्य भने अलि फरक छिन् । उनी समाजमा घुलमिल गर्न र हाँस्न रमाउन मन पराउछिन् । संगीत सिक्न उनलाई रहर लाग्छ । पछिल्लो व्युटी प्याजेन्टमा भाग लिएर विभिन्न उपाधि पनि पाएकी छिन् । पछिल्लो समय उनले फ्लाइट नेश्नलमा तालिम लिएर एअर होस्टेलको करियर अघि बढाउदैछिन् ।
उनी २०६७ सालमा पाटनको कुमारी नियुक्त भएकी थिइन् । त्यसबेला ६ जना प्रतिश्पर्धीबाट उनी कुमारी छनौट भएकी थिइन् । कुमारी घरमै सेन्ट जेभियरर्सका शिक्षकबाट शिक्षा दिक्षा पाइन् ।
कुमारीबाट अवकाश पाएर घर फर्केपछि धेरै पुर्वकुमारीहरु खासै समाजमा खुलेर अघि बढेको देखिन्न । पुर्वकुमारीहरु सामाजिक जीवन गुमनामै रहन्छन् । तर समिता बज्रचार्य अघि बढ्दै छिन् । उनी दुर्लभ बाजा सरोद बजाउछिन् । उनी सरोदको मिठो धुनसँगै आफ्नो जीवनमा संगीत भर्दै छिन् । भन्छिन्,‘मलाई बजाउन रहर लाग्छ । तर यसमा करियर बनाउनेबारे भने सोचेकी छैन ।’


पुर्वकुमारी बज्राचार्य आफूले नजान्दै कुमारी हुन ६ जना वालिकासँग आफ्नो प्रतिश्पर्धा भएको सम्झन्छिन् । अघि समाजसँग प्रतिश्पर्धा गर्ने आँट गर्दै अघि बढेकी छिन् । उनले मिस मंगोल व्युटी प्याजेन्टमा प्रतिश्पर्धा गरेर ‘साँस्कृतिक दूत’को उपाधि पाइन् । मिस नेश्नलमा प्रतिश्पर्धा गरेर उपाधी नै हात पारेर ताज लगाउन सफल भइन् । उनले मा एअर होस्टेजको तालिम लिएर आकाशमा उड्न तयार भएकी छिन् । उनी उड्डन कम्पनीको जागिर खुल्ने वित्तिकै आवेदन दिएर प्रतिपर्धा गर्ने बताउछन् ।


आफू मोडलिङ र फेसनेवल दुनियामा संस्कार, परम्परा र समाजले अनुमती नदिए पनि अघि बढेको उनको धारणा छ । सम्झन्छिन््, ‘यो २१ औं शताव्दी हो । आमाले मलाई मोर्डन दुनियाको भएर सबै कुरा बुझेर मिस मंगोलमा पठाउनु भयो ।’
उनी कुमारीघरबाट अवकाश पाएपछि लामो समय घरमै बसेको कारण हिड्नै सक्दिनथिन् । कुमारी घरबाट बर्षको सोह्र पत्र पल्ट बाहिर निस्कने उनी खुलेर बोल्ने र समाजसँग घुलमिल हुने त धेरै परको कुरा थियो । तर आज उनै पुर्वकुमारी समिता एक पछि अर्को फड्को मार्दै अघि बढेकी छिन् ।
बज्रचार्य कुलकी छोरी समिता बुद्धिस्ट हुन् । तुलजा, तलेजु भवानीको बाल्य रुप जीवत देवि कुमारी भएकाले उनमा हिन्दुको अंश छ । कुमारी हुँदादेखि नै क्रिश्चियन समुदायबाट सञ्चालित विद्यालय सेन्ट जेभियर्स स्कूलमा उनले शिक्षा दिक्षा लिइन् । उनले करिअरको क्रममा तालिम लिएको फ्लाईटेक इन्टरनेश्नल एअर होस्टेज एकेडेमी मुस्लिम समुदायबाट सञ्चालित छ । उनलाई सबै धर्म र समुदायसँग जोडिएर अघि बढ्दा विश्व मानवसँग कुमारीको सम्बन्ध रहेको विश्बास छ ।


समिताले जीवनकालमा आफ्नो शिरमा ३ वटा क्राउन लगाइन् । कुमारी छँदा उनले ६ जना प्रतिश्पर्धीबाट छनौट भएर ‘मटु’(कुमारीले लगाउने मुकुट) लगाइन् । मिस मंगोलको सास्स्कृतिक दुत र मिस नेश्नलको ताज लगाउन सफल भइन् । त्यो ताज लगाएपछि आफूले जिम्मेवारी पाएको बताउछिन् ।
जीवनमा जिवित देवि भएर बाँच्न पाएकोमा समिता आफूलाई भाग्यमानी मान्छिन् । भन्छिन्, ‘जो कोहीले जीवित देवि भएर बाँच्न पाउदैन । यो मेरो जीवनको एउटा उत्कृष्ट पल हो ।’ कुमारीबाट अवकाश पाएपछि म संसार चिन्न र जान्न अघि बढ्दैछु । यो समयको पनि माग हो ।
उनले चिनिया भाषा सिकेकी छिन् । मुदिता समाज गृहमार्फत समाजसेवामा समर्पित भएर काम गरेकी छिन् । उनले कराओके इन्टरटेनमेन्टमा कोरियोग्राफर भएर काम गरिन् ।
पाटन संग्रालयमा भएको तस्विर प्रर्दशनीको मन्तव्य र ललितखबर संवाददातासँग भएको छलफलमा आधारित ।

 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ३ : २१ बजे