१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण



ललितपुर, १३ वैशाख । ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपण सोमबार सम्पन्न गरेको छ। प्रत्यारोपणका लागि कलेजो ग्रहण गर्ने र दान गर्ने शंखरापुर नगरपालिका, वडा नम्बर ६ निवासी दम्पती हुन्।
किष्ट शिक्षण अस्पतालले विगत दुई वर्ष देखि मृगौला प्रत्यारोपण गर्दै आइरहेकोमा कलेजो प्रत्यारोपण सेवा पहिलो पटक सम्पन्न गरेको हो।
नेपालमा प्राइभेट अस्पतालहरू मध्ये मृगौला र कलेजो दुवै अंगहरूको प्रत्यारोपण सेवा उपलब्ध गराउने यो एक मात्र अस्पताल रहेको जनाइएको छ।
कलेजो प्रत्यारोपण गर्न नेपाल तथा भारतका ट्रान्स्प्लान्ट सर्जन, ग्यास्ट्रो सर्जन, एनेस्थेसियोलोजिस्ट, ट्रान्सप्लान्ट हेपातोलोजिस्ट, ब्लड बैंक, अपरेशन थिएटर, रेडियोलोजी तथा नर्सिङ्गका दक्ष प्राविधिकहरू गरी ४० जना परिचालित थिए। प्रत्यारोपण शल्यकृया सम्पन्न गर्न १५ घण्टाको समय लागेको थियो।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ७ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।