१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रातो मच्छिन्द्रनाथको रथ ढल्केपछि तान्न समस्या, आज रथयात्रा रोकिने



७० लाख बजेट राखिएको छ । लागेको खर्च गर्छौं

 

ललितपुर
१३ बैशाख । रातो मच्छिन्द्रनाथको रथ ढल्केपछि तान्न समस्या भएको छ । सोमबार दिउँसो रथ तानेर नःटोल पु¥याएपछि रथ ढल्केको थियो । सो रथ मंगलबार तानेर गावाहाल पु¥याइएको छ ।

पुल्चोकबाट रथ तानेकै दिन गावाहाल पु¥याइने भए पनि २ दिमा मात्रै यहाँ लगिएको हो ।

ढल्किएको रथ मर्मत गरेर मात्रै तान्ने योजना रहेका गुठी संस्थान ललितपुर प्रमुख कार्यालयका प्रमुख लछुना शर्मा काफ्लेले बताइन् । उनका अनुसार आज बुधबार रथ यही रोकेर मर्मत गरिनेछ ।

केही दिनअघि रथ निर्माण गर्ने क्रममा काठहरु भाँचिएपछि पुन नयाँ काठ राखेर निर्माण गरिएको गुठी संस्थान ललितपुर प्रमुख कार्यालयकी प्रमुख काफ्लेले ललितखबरसँग बताइन् । उनले भनिन्, ७० लाख बजेट राखिएको छ । लागेको खर्च गर्छौं ।

रथ निर्माण पुरा हुने दिन राती ढल्केको देखिन्थ्यो । रथ निर्माण पुरा गर्न राती सम्मै लागेपछि अध्यारो भएपछि मात्रै मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रथ निर्माणका क्रममा बेतले काठलाई बाँधेर ३२ हात अग्लो रथ निर्माण गरिन्छ । रथयात्राका लागि ६ महिनादेखि विभिन्न सरजाम तयार गर्ने लगायतको तयारी गरिन्छ ।
रथयात्राका लागि भत्केको सडक रातारात कालोपत्र गरिएको थियो ।

 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।