५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रातो मच्छिन्द्रनाथको रथ ढल्केपछि तान्न समस्या, आज रथयात्रा रोकिने



७० लाख बजेट राखिएको छ । लागेको खर्च गर्छौं

 

ललितपुर
१३ बैशाख । रातो मच्छिन्द्रनाथको रथ ढल्केपछि तान्न समस्या भएको छ । सोमबार दिउँसो रथ तानेर नःटोल पु¥याएपछि रथ ढल्केको थियो । सो रथ मंगलबार तानेर गावाहाल पु¥याइएको छ ।

पुल्चोकबाट रथ तानेकै दिन गावाहाल पु¥याइने भए पनि २ दिमा मात्रै यहाँ लगिएको हो ।

ढल्किएको रथ मर्मत गरेर मात्रै तान्ने योजना रहेका गुठी संस्थान ललितपुर प्रमुख कार्यालयका प्रमुख लछुना शर्मा काफ्लेले बताइन् । उनका अनुसार आज बुधबार रथ यही रोकेर मर्मत गरिनेछ ।

केही दिनअघि रथ निर्माण गर्ने क्रममा काठहरु भाँचिएपछि पुन नयाँ काठ राखेर निर्माण गरिएको गुठी संस्थान ललितपुर प्रमुख कार्यालयकी प्रमुख काफ्लेले ललितखबरसँग बताइन् । उनले भनिन्, ७० लाख बजेट राखिएको छ । लागेको खर्च गर्छौं ।

रथ निर्माण पुरा हुने दिन राती ढल्केको देखिन्थ्यो । रथ निर्माण पुरा गर्न राती सम्मै लागेपछि अध्यारो भएपछि मात्रै मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रथ निर्माणका क्रममा बेतले काठलाई बाँधेर ३२ हात अग्लो रथ निर्माण गरिन्छ । रथयात्राका लागि ६ महिनादेखि विभिन्न सरजाम तयार गर्ने लगायतको तयारी गरिन्छ ।
रथयात्राका लागि भत्केको सडक रातारात कालोपत्र गरिएको थियो ।

 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।