२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोभिड–१९ बाट थप एक सङ्क्रमितको मृत्यु



काठमाडौं, १३ वैशाख । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या १२ हजार २८ पुगेको छ ।]

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । १ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ६५ जना सङ्क्रमणमुक्त पनि बनेका छन् । हाल पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६१ रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १२ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।