११ माघ २०८१, शुक्रबार | Fri Jan 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कर्मनाशा खोलाको हात्तिबन क्षेत्रमै भेटिन्छन् माछा



ललितखबर
१४ बैशाख । आजकल राजधानीका विष्णुमती, वागमती, मनहरा र टुकुचा खोला किनारमा बस्न मुस्किल पर्छ । ढल मिसाइएको यी नदिको गन्धले जो कोहीको टाउको दुख्छ ।
खुशीको कुरा उपत्यकाको दक्षिणबाट बग्ने कर्मनाशा खोलामा अहिलेसम्म कञ्चन पानी बग्ने गरेको छ । केही दिनअघि कर्मनाशा खोला सरसफाई अभियानको क्रममा अभियन्ता बेबी राजभण्डारी खोलामा फोहोर सफ ागर्न पस्ने क्रममा माछा भेटिएको बताइन् । उनले भनिन्,‘ढल नमिसाएको हुँदा यहाँको खोलामा माछा बाँच्न सक्ने वातावरण छ । मैले फोहोर निकाल्दा माछा देखे ।’


राजभण्डारी खोला किनारमा करिडोर बनाउन सके फोहोर नहुने तर्क गर्छिन् । करिडोरमा डल निर्माण गरेर फोहोर प्रशोधन गरेर मल बनाउन सकिने भएकाले खोला फोहार बन्नबाट जोजिने उनको भनाई छ ।
सडक बनेसँगै धेरै गाडी गुड्ने र पसल र बस्ती विस्तारले नदिमा फोहोर बढ्ने सम्भावना पनि उत्तिकै छ । करिडोर निर्माणले पानी फोहोर बन्नबाट भने पक्कै जोगिन्छ । नदिकिनारमा रुख रोपेर पर्यावरण जोगाउन सकिने सम्भावना उत्तिकै छ ।

स्थानीय राजिव कार्कीले बस्ती पातलो भएको कारण खोला फोहोर भइनसकेको बताउछन् । अहिलेसम्म रैथाने स्थानीयहरुको जागरणले पनि खोला फोहोर हुनबाट जोगिएको छ । बाहिरबाट आएर उद्योग खोलेर फोहोर मिसाउन हरिसिद्धि नेवार बस्तीले दिएको छैन ।
हरिसिद्धका रामगोपाल महर्जन कर्मनासा खोला किनारमा आफूहरुले बङ्गुर पालनमा निधेष गरेको बताउछन् ।


ठैब क्षेत्रको नदि किनारको बंगुर,सुगुर र कुखुरा फामबाट फोहोर आएको भन्दै हरिसिद्धिका बासिन्दा केही दिनअघि गोदावरी नगरपालिका आएर ध्यानार्कषण गराए । गोदावरी १४ ठैबमा भेला भएरै उनीहरुले नदि किनारमा सफा राख्न जुलुस गए । ‘अव नदि किनारमा बंगुर पाल्न नपाउने व्यवस्था हुने भएको छ ।’ उनी भन्छन् ।

तर पछिल्लो केही बर्षयता कर्मनासा खोला दुषित हुने क्रम बढ्न थालेको छ । बढ्दो जनसंख्या र बासिन्दाको अनुशासनहीन बानी व्यावहारले नदि फोहोर बनिरहेको हो ।
नदिमा घरको ढल मिसाईदिने प्रबृति नै फोहोर प्रदुषितको प्रमुख कारण रहेको स्थानीयको भनाई छ ।


स्थानीय बासुदेव त्रिपाठी वागमती नदिमाजस्तै दुवैतिर ढल राखेर नलगेसम्म खोला सफा नहुने बताउछन् । ‘सरकारले करिडोर निर्माणसँगै ढल राखोस् कर्मनासा सफा बनाओस्’ उनी भन्छन् ।
संस्कृती र सभ्यताले नै नदि फोहोर बनाउन सहयोग गरेको त्रिपाठी बताउछन् । लास जलाएर नदिमा फ्याक्दा पनि फोहोर बनेको छ । हामी सुसंस्कृत बन्ने बेला आएको छ । उनी सुझाव दिन्छन् ।

ठैब बस्ने सहारा मिश्र २० बर्षअघिसम्म सफा सुन्दर र हराभरा रहेको गोदावरी क्षेत्र पछिल्ला बर्षहरुमा मानबीय अतिक्रमणले यहाँको पर्यावरणमा क्षति पुगेको बताउछिन् । प्रकृतीको संरक्षण नगर्दा विभिन्न वातावरणीय समस्या आउने उनको भनाई छ ।
गोेदावरी सरोकारले बुधबार हरिसिद्धिमा आयोजना गरेको कर्मनासा खोला प्रदुषणमुक्त विशेष अभियानका क्रममा सहभागीले कर्मनासा खोला प्रदुषित हुनुमा यस्तै दर्जनौं समस्या राखेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ५ : २३ बजे