१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अखिल क्रान्तिकारीले लगाएको ताला महानगरले तोड्यो



काठमाडौं,१५ वैशाख । काठमाडौं महानगरपालिकाले आफ्नो शिक्षा शाखामा लगाएको ताला तोडेको छ। बिहिबार अखिल क्रान्तिकारीले कामनपाको शिक्षा शाखामा अनिश्चितकालको लागि तालाबन्दी गरेको थियो।

कामनपाका मेयर बालेन शाहले ताला फोड्दै गरेको भिडियो सामाजिक संजालमा राखेर ताला तोडेको जानकारी दिएका हुन्।

उनले भनेका छन्, ‘एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौ।’

उनल दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध भएको पनि बताएका छन्। ‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। त्यस माथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो।’ उनले लेखेका छन्।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ५ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।