काठमाडौं, १५ वैशाख । निरा पाण्डे आचार्य हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
पाण्डेको कपनको सरस्वतीनगरस्थित पसलभित्र दिउँसै छुरा प्रहार गरेर वीभत्स हत्या गरिएको थियो । एक साता वितिसक्दा पनि आरोपी पक्राउ पर्न नसकेको भन्दै सडक र सदनमा प्रशासनविरुद्ध विरोध भइरहेको छ ।
त्यहीबीच प्रहरी प्रधान कार्यालय, नक्सालले वरिष्ठ प्रहरी अधिकृतको नेतृत्वमा छानबिन समिति बनाएको हो । समितिमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसी, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख दानबहादुर कार्की, सीआईबीका एसएसपी दिनेश आचार्यसहित ११ जना सदस्य रहेका छन् ।
प्रतिक्रिया