११ माघ २०८१, शुक्रबार | Fri Jan 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरको सार्वजनिक सुनुवाई : मेयर महर्जनले दिएनन् प्रश्नको उत्तर



मेयर महर्जनले आफूले गरेका केही आयोजनाको बयान गर्दै प्रश्नको उत्तर नै नदिई झारो टारेका छन्

 

ललितखबर
१६ बैशाख । ललितपुर महानरले ललितपुरको जावलाखेलमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना ग¥यो ।
सार्वजनिक सुनुवाईमा नगरभित्रका स्थानीयले जोडतोडका साथ नगरपालिकाका समस्याबारे  प्रश्न राखे । तर मेयर महर्जनले आफूले गरेका केही आयोजनाको बयान गर्दै प्रश्नको उत्तर नै नदिई झारो टारेका छन् ।

५ घण्टासम्म नगरबासीले निरन्तर नगरको समस्या बेथितीका विषयमा प्रश्नको बर्षा गरेका थिए । कार्यक्रममा सहभागीहरुको दर्जनौं प्रश्नमार्फत असन्तुष्टि जनाउदा समेत मेयर महर्जन ललितपुरमा कुनै समस्या नभएको आफ्नो नेतृत्वमा विकाश नै विकाश भइरहेको बयान गर्दै थिए ।


पुल्चोकबाट सुन्दरीघाट सडकसम्म घर भत्काएर तर सडक विस्तार नगरेको, झोलंगे पुल जीर्ण भएको, सडकको खाल्टा नपुरेको, धापाखेल सडक जीर्ण बनेको, फोहोर बालेर प्रदुषण बन्दा समेत नरोकेको,नख्खु करिडोर मेडिसिटी अस्पतालले बनाउन नदिएको, भैसेपाटीमा सिजी ग्रुपले सार्वजनिक जग्गामा प्लटिङ गरेको जस्ता प्रश्न राखेका थिए ।
साइकल लेन बनाएर खर्च चाही गरेको तर लागू गर्न नसकेको, साइकल लेन पार्किङले छेकेको, लगनखेलको मोडल हाउसको नगरपालिकाले करोडौं भाडा उठाउन नसकेको,अपाङगता भएका व्यक्तिलाई परिचय उपलव्ध नभएको, सडकमा हिड्न अपाङगतामैत्री सडक नबनाइएको, अपाङगता भएका व्यक्तिलाई खेलकुदको कार्यक्रम नल्याइएको गुनासो गरेका थिए । खोकना क्षेत्रमा जग्गाको मुआव्जा थोरै दिएर अन्याय गरेको,नीजि विद्यालयले छात्रबृत्ती नदिइएको तर अनुगमन नभएको गुनासो राखेका थिए ।
मेयर महर्जनले नागदह सुधार नगरेको प्रश्नको उत्तर नै नदिई लगनखेलमा सप्तपाताल पोखरी बनाउन सुरु गरेको बयान गरे । उनले नागदहको मास्टरप्लान वडाध्यक्षले नदिएको आरोप लगाउदै केन्द्र सरकारले नागदहको पर्खाल बनाएको आफूलाई चित्त नबुझेको बताए । उनले नागदह सुधार गर्ने आश्वासन समेत दिएनन् ।
मेयर महर्जनले भैसेपाटी सडकमा धुलो उडेको भन्दै गाली नगर्न अनुरोध गरे । उनले त्यो सडक संघले बनाएको आफूले किला पनि ठोक्न नपाउने बताए । तर संघकै बजेटमा लगनखेल शंखमुल सडकमा ढल राखेको आयोजनामा आफूले जस लिदै भने, अव मेयर महर्जन पानी जहाजमा भन्दै सामाजिक सञ्जालमा फोटो हाल्न तपाई हरुले पाउनु हुन्न । हामीले ढल राखिसक्यौं । यो ढल संघीय सरकारको बजेटमा निर्माण गरिएको हो ।
सार्वजनिक सुनुवाईमा जनताका प्रश्न पनि अनौठा थिए । धेरै सहभागी चन्द्रागिरी नगरपालिकाबाट आएर समस्या सुनाउन भ्याए । बुटवलबाट पाटनमा कोठा लिएर बस्ने युवकले पढ्न र बस्न समस्या भएको, गोदावरी नगरपालिकामा विद्यार्थीलाई प्रिन्सिपलले कुटेको विषय समेत ललितपुर महानगरको सार्वजनिक सुनुवाईमा उठाइएको थियो ।

 

 

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  २ : १७ बजे