२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको तिखेदेवल र काठमाडौंको कलंकीमा दुई जनाको मृत्यु



 

१६ वैशाख । काठमाडौंको कलंकी खसीबजार र ललितपुरको तिखेदेवलमा एक एक जना गरी दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको काठमाडौं महानगरपालिका १४ कलंकी खसीबजार पुल मुनी रामेछाप पकरवास गाउँपालिका ५ घर भएकी ४५ वर्षीया मिठ्ठु भुजेल शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
ललितपुरको ललितपुर महानगरपालिका १४ तिखिदेबल डेरा गरी बस्ने भोजपुर आमचोक घर भएका ३२ वर्षीय सिताराम राई आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ३ : ३९ बजे