३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


बुढानिलकण्डको अखाद्य बस्तु मिसाउने मह उद्योगमा छापा



गार्डेन अपिएरि उद्योग प्रालिमा अखाद्य मिसावट गरी अबैध रुपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अखाद्य वस्तु मिसावट गरिएको तयारी मह र मह बनाउन प्रयोग हुने कच्चा पदार्थसहित फेला पारी उनलाई पक्राउ

 

२० वैशाख । काठमाडौंको बुढानिलकण्ठस्थित अखाद्य बस्तु मिसाउने मह उद्योगमा छापा गरि प्रहरीले मह मिसावट गरिएको महसहित एक जनालाई पक्राउ गरेको छ ।

अखाद्य वस्तु मिसावट गरी अवैध रूपमा मह उत्पादन गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका २ बस्ने ५७ वर्षीय पवन सत्याललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीको भनाई छ ।
बूढानीलकण्ठ नगरपालिका २ स्थित पवनले संचालन गरेको गार्डेन अपिएरि उद्योग प्रालिमा अखाद्य मिसावट गरी अबैध रुपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अखाद्य वस्तु मिसावट गरिएको तयारी मह र मह बनाउन प्रयोग हुने कच्चा पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको बताएको हो । उक्त उद्योगबाट तयारी मह करिब ७ सय बट्टा र कच्चा पदार्थ ४० बाल्टिन प्रहरीले बरामद गरेको छ ।
कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम सत्यालमाथि प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।