५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको पोलहरुको तार हटाउन महानगरका मेयर बालेनले मागे शहरबासीको सहयोग



तार व्यवस्थापन गर्दा इन्टरनेटलगायत सेवा अवरुद्ध हुन सक्ने भन्दै रोक्न आदेश पाएको थियो

२२ बैशाख । काठमाडौं महानगरका पोलहरुको तार हटाउन महानगरका मेयर बालेनले शहरबासीको सहयोग मागेका छन् ।

महानगरका मेयर बालेन शाहले गतसाउनदेखि बैशाखसम्म महानगरका ५३ ठाँउमा रहेको पोलमा आगलागी भएको र ती दृश्यहरु सामाजिक सञ्जालमा हजारौँ मिम बनेका र ट्रोल भएका तथ्य सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्ने तर महानगरबासी साथ दिने अपेक्षा राखेको बताएका छन् ।

 

शहरका तार व्यवस्थित गर्न एकिकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसकेको तर कुनै सुनुवाइ नभएको उनको गुनासो छ । महानगरले शहरको तार व्यवस्थित गर्न १५ दिन पहिले सूचना जारी गरेको तर त्यसको विपरित त्यो तार व्यवस्थापन गर्दा इन्टरनेटलगायत सेवा अवरुद्ध हुन सक्ने भन्दै रोक्न आदेश पाएको थियो ।

समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर नबने र आगलागीलगायतले नागरिकको जनधनको सुरक्षाको आफूहरु क्रियाशिल रहेको मेयर बालेनको भनाई छ ।

कसरी हुन्छ पोलहरुमा तारको गुजुल्टो

काठमाडौं महानगरनगरलगायतका विभिन्न ठाँउका पोलहरुमा अहिले तारको गुजुल्टो देखिन्छ । महानगरमा इन्टरनेट, केबुललगायतका तार राख्दा यसतो अवस्था आएको हो ।

इन्टरनेट सेवा दिने कम्पनीहरुले तार तानेर घर घरमा पु¥याउने तर इन्टरनेट बन्द गर्दा तार ननिकाल्ने भएकाले यो समस्या आएको हो । पोलमा राखिएका सबै तारबाट इन्टरनेट टेलिभिजनको सिग्नल जाँदैन धेरै तार बेकाम टागिएको एक इन्टरनेट कम्पनीमा काम गर्ने कर्मचारी बताउछन् ।

पछिल्ला ताररहित टेलिभिजन डिस होम आएपछि पनि धेरै तार टेलिभिजनका केवुलहरु रहेको उनी बताउछन् । एक पल्ट तार निकालेर नयाँ राख्ने हो भने पोलमा थोरै तार रहने उनको भनाई छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ६ : २० बजे