१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


गजल महोत्सवमा पहिलो हुने सिजापतिलाई ६० हजार पुरस्कार



२४ बैशाख । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दैलेखका दीपिन सिजापति प्रथम भएका छन् । प्रतियोगितामा लमजुङकी मुना बोहरा द्वितीय र लमजुङकै प्रज्ज्वल अधिकारी तृतीय भए ।

यसैगरी भिजन गुरागाई, जगतबहादुर खड्का, लक्ष्मण ढकाल, संयोग बस्याल र प्रकाश समीरले सान्त्वना पुरस्कार प्राप्त गरे ।

पुरस्कृत गजलकारहरुलाई कार्यक्रमका सभापति तथा प्रमुख अथिति लगायत अतिथिहरुले नगद, प्रमाणपत्र प्रदान गरेका थिए ।

पुरस्कृत गजलकारहरुमध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार प्राप्त गर्नेहरुलाई २० हजार प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसाललले गोकर्णेश्वरलाई साहित्यिक हब बनाउने उद्देश्यका साथ विगत ३ वर्षदेखि साहित्यका विविध विधामा प्रतियोगिताहरु गरिरहेको जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले गजल विधामा युवा पुस्ताको आकर्षण लोभलाग्दो रहेको बताए ।

कार्यक्रममा पूर्व मन्त्री रामेश्वर फुयाँल, वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेलगायतका वक्ताहरुले गोकर्णेश्वर नगरपालिकाले साहित्यिक क्षेत्रमा देखाएको उत्सुकता धेरैका लागि प्रेरणादायी रहेको बताए ।

मुलुकका विभिन्न क्षेत्र र विदेशबाट समेत गरी गजल महोत्सवका लागि ४ सय ५६ वटा गजल प्राप्त भएकोमा प्रारम्भिक मूल्यांकनबाट ४१ वटा गजललाई प्रतियोगिताका लागि चयन गरिएको थियो । प्रतियोगितामा वाचन गरिएका गजलहरुको मूल्यांकनकर्तामा करुण थापा, प्रभाती किरण र धनेन्द्र ओझा रहेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ८ : ४० बजे