५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको माइतीघरबाट अव्यवस्थित तार हटाउन सुरु



 

२५ बैशाख । काठमाडौं महानगरले माइतीघर मण्डलाबाट अव्यवस्थित तार हटाउन सुरु गर्ने भएको छ ।
आज विहान ८ बजेर ३० मिनेटबाट माइतीघरबाट तार अव्यवस्थित तार हटाउन सुरु हुँदैछ ।

आइतबार बसेको बैठकले पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

महानगरले न्यूरोडदेखि बसन्तपुर हुँदै असन क्षेत्रको तार व्यवस्थापन गर्दैछ ।

तार हटाउने क्रममा नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहने महानगरले बताएको छ । तर हटाउने क्रममा विभिन्न इन्टरनेट कम्पनीले संकेत चिन्ह राख्न पाउछन् । संकत राखेर पुन तार जोड्न सझिलोका लागि यसो गरिएको हो । तार हटाउने क्रममा इन्टरनेट कम्पनीका प्रतिनिधि उपस्थित नभए महानगरले जिम्मा नलिने बताएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  २ : ४० बजे