१० माघ २०८१, बिहिबार | Fri Jan 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टुकुचामाथिको जग्गाको लगत कट्टा गर्न महानगरको पत्र



काठमाडौं, २५ वैशाख । काठमाडौं महानगरपालिकाले टुकुचा खोला व्युँताउन औपचारिक प्रक्रिया सुरु गरेको छ ।

उच्च अदालत पाटनले टुकुचा खोला भएको र त्यो माथि व्यक्तिगत सम्पत्ति रहेको आदेश दिएपछि सोमबार महानगरपालिकाले खोलामाथि पर्ने लगत कट्टाको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र मन्त्रालयमा पत्र लेखेको हो । मेयर बालेन्द्र साह(बालेन)ले निर्णय गर्दै मन्त्रालयमा पत्र काटेका हुन् ।

अदालतको आदेशलाई देखाउँदै लेखिएको पत्रमा भनिएको छ, ‘टुकुचा खोला तथा सोको क्षेत्राधिकार भित्रको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन नसक्ने प्रष्ट देखिन्छ । टुकुचा खोलाको क्षेत्राधिकारभित्र पर्ने जग्गामा निजी तवरमा निर्मित भौतिक संरचना समेत स्वतः अवैध हुन जाने देखिन्छ ।’

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १ : २९ बजे