३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वगृहमन्त्री खाँणलाई ३ दिन हिरासतमा राख्न अनुमति



२७ वैशाख। नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीले खाँणलाई बुधबार बिहान मैजुबहालबाट पक्राउ गरेको थियो ।

खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले म्याद थपको अनुमति लिएको छ । नक्कली शरणार्थी प्रकरणमा खाँणसँगै सरकारका सचिवब टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार ईन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ११ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।