१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आरजु राणालाई कालो झन्डा देखाउन खोजेको आरोपमा युवक नियन्त्रणमा



काठमाडौं, २८ वैशाख । कांग्रेसकी सांसद आरजु राणालाई कालो झन्डा देखाउन खोजेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
बिहीबार दिउँसो १ बजेतिर एक जना पुरूषलाई हेटौंडाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। पक्राउ पर्नेमा हेटौंडाकै कृष्णराज कोइराला रहेका छन् ।
हेटौंडामा आयोजित कार्यक्रममा सहभागी हुन राणा पुगेकी थिइन्। उनी हेटौंडा आउने जानकारी पाएपछि ती पुरूषले सामाजिक सञ्जालमा राणालाई बहिष्कार गर्नुपर्ने लेखेका थिए।

उक्त अभिव्यक्तिपछि प्रहरीले उनलाई कार्यक्रमस्थल बाहिरबाट नियन्त्रणमा लिएको हो। उनले कालो झन्डा देखाउनसमेत खोजेका थिए।

 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ११ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।