५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लगनखेलको सप्तपातालमा कानूनी लडाई जितेपछि खुशीयाली



यो ठाँउमा ठूलो चौर थियो । हामी बच्चामा फुटवल खेल्न आउँथ्यौं

ललितखबर
२९ बैशाख । ललितपुरको लगनखेल बटुक भैरव मन्दिरनजिकै विहीबार थुप्रै मानिस जम्मा भए । यहाँ लगनखेलबासीको भीडभाड थियो ।

सहभागी धेरै मानिस प्रफुल्लित देखिन्थे । केही समयसम्म विद्यालयको भवन रहेको यस ठाँउमा सप्तपाताल पोखरी निर्माणको लागि सम्याइएको थियो ।

विहीबार अपरान्ह यहाँ एउटा मञ्च खडा गरिएको थियो । विशेष कार्यक्रमको मञ्चबाट ललितपुरमा मेयर चिरिबाबु महर्जनले भने, ‘यो ठाँउमा ठूलो चौर थियो । हामी बच्चामा फुटवल खेल्न आउँथ्यौं ।’ उनले सप्तपाताल पोखरी भएकै ठाँउमा नेपाली सेनाले बंगुर पालन गरेको समेत सम्झिए ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन मच्छिन्द्रनाथको जात्रामा ठेचोबाट बाल्यकालमा आफ्ना बाबुआमासँगै हात समातेर राजकुलो हुँदै पाटन आएको सम्झिए । उनले त्यसबेला राजकुलोमा माछा देख्थे । तर लड्ने डरले उनका बाबुले माछा टिप्न दिदैनथे । ‘यो पानी सप्तपाताल पोखरीसम्म आउथ्यो’ उनले भने ।

२०२६ सालअघिसम्म जीवन्त रुपमा रहेको सप्तपाताल पोखरी २०६१ सालमा व्यापारिक भवन बनाउन सुरु भएपछि स्थानीयले कानूनी लडाई लडेर सफल भई यसै ठाँउमा मच्छिन्द्र मावि भत्काइयो । अनि यसै ठाँउमा अभियनमा सघाउनेहरुलाई सम्मान गर्न यो कार्यक्रम आयोजना गरिएको थियो ।


कार्यक्रमपछि सबैले निर्माणाधिन सप्तपाताल पोखरी रहेकै ठाँउमा सम्य बजी भोज खाएका छन् । भोजमा सहभागी स्थानीयहरु ठूला ठुला भवन रहेको यस ठाँउमा पोखरी बन्छ भनेर आफूहरुले नचिताएको बताउद्रै थिए । महानगरले निर्माणाधिन पोखरीवरपर पर्खाल र बार लगाइसेको छ ।

क्रंक्रिट जंगलको बीचमा रहेको यो खुला ठाँउ आजकल झन् खुला बनेको छ । गत चैत्र महिनामा यहाँ रहेको नमूना मच्छिन्द्र माविको भवनहरु भत्काएर चौर बनाइएको हो ।

२०६१ सालदेखि २०७६ सालसम्म कानूनी लडाई लडेर लगनखेलबासीले विजयी भएसँग अहिले यो ठाँउमा ऐतिहासिक सप्तपाताल पोखरी पुर्ननिर्माण हुँदैछ । यही खुशीयाली बाढ्न र संर्घषमा दिनरात होमिनेहरुलाई सम्मान गर्न लगनखेल वातावरण सुधार संस्थाले सम्मान आयोजना गरेको थियो ।

२०२१ सालको अभिलेखमा ल.न.पा. वडा नं. ५(क) कित्ता नं. १२६ मा २०५.८० रोपनी जोताहा उल्येख छ । यो सार्वजनिक जग्गा मिच्ने क्रम २०२२ सालबाटै सुरु भयो । २०२२ सालमा नमूना पाठशाला स्थापनासँगै सप्तपाताल पोखरी मासिन थाल्यो । २०२६ सालमा नमूना स्कूलको बोर्ड बैठकले पोखरी पुर्ने निर्णय ग¥यो ।

लगनखेल बस्ती नै ढाकिने जग्गा सार्वजनिक भए पनि १४ रोपनी १० आना २ पैसा फिर्ता भएको छ ।

यहाँ नेपाली सेनाले करिव ३० रोपनी जग्गा हडपेको थियो । पलस्वा पुखु(कमल पोखरी) को नामले परिचित यो पोखरी पनि महानगरले सप्तपाताल पोखरीको अधिनमा ल्याएको छ । कार्यक्रममा महानगरका मेयर चिरीबाबु महर्जनले नेपाली सेनाका सेनापती प्रभुराम शर्मालाई जग्गा फिर्ता दिएकामा धन्यावाद दिए ।

मेयर महर्जनले यहाँ पोखरी निर्माण हुने आश्वासन दिए । उनले सप्तपालात पोखरीमा कमलको फूल फुलाउने सपना रहेको सुनाए । भने, ‘अव यहाँ फुल फुल्छ , पुतलीहरु आउनै पर्छ ।’ गोदावरी नगरपालिकाका मेयर महर्जनले ढोलाहिटीसम्म राजकुलोको पानी झरिसकेका अव सप्तपातालसम्म ललितपुरमा मेयर चिरीबाबुले लैजान सक्ने बताए ।


कार्यक्रममा कानूनी लडाईमा सहयोग गर्ने कानून व्यावसायी मंगल महर्जन, सानू डंगोल,रमेश श्रेष्ठ,किरण बस्नेत, निरन बस्नेत,सोमी श्रेष्ठ, डिपी थापा,रत्नदास श्रेष्ठ, पूर्णभक्त चित्रकार, सागरशम्सेर जवरा,नयनकुमार मानन्धर,कविता शर्मा,नेवा अर्गनाइजेशन अफ अमेरिका,एकीकृत शहरी विकाश केन्द्र सम्मानित भए ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ३ : ३८ बजे