४ असार २०८१, सोमबार | Tue Jun 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरी सडकको नालीमा आफै बसेर अवैध सुन लुटिएको नाटक गर्ने युवक पक्राउ



काठमाडौँ
४ जेठ । ललितपुरको गोदावरी सडकमा एक व्यक्ती हात खुट्टा बाँधेर लडेको अवस्थामा भेटिए । उनी आफू लुटिएको भन्दै घाउचोटसहित नालीमा भेटिएका थिए ।
इलाम घर भई बिर्तामोड झापा बस्ने सूर्यबहादुर समाल मगरले भन्सार छली गरेर ल्याइएको सुन सम्बन्धित व्यक्तिलाई नदिई आफैँले राख्ने उद्देश्यले उनले लुटिएको नाटक गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनी विदेशबाट आएको दोस्रो दिन जेठ २ गते उनी यस्तो अवस्थामा भेटिएका थिए ।
उद्धारका लागि गएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा नाटक गरेको पत्ता लागेपछि प्रहरी नै छक्क परेको थियो । अनुसन्धान टोलीले उनीसँग सोधपुछ गर्दा जेठ १ गते बिहान कतारबाट फर्किएको र राजस्व छली गरी ल्याइएको सुन सोही दिन झापाको बिर्तामोडस्थित घरमा पुर्याएको बयान दिएका छन् ।

त्यसपछि सुन आफ्नो बनाउने योजना बुनेर उनी जेठ २ गते जहाजमार्फत काठमाडौँ आई ललितपुरको गोदावरीस्थित सडक किनारको नालीमा बसेका थिए । अपरिचित व्यक्ति घाइते अवस्थामा लडिरहेको भन्ने सूचना आएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट उनलाई उद्धार गरी नमस्ते मेट्रो अस्पतालमा प्राथमिक उपचार गरेको थियो ।

सोही दिन प्रहरीमा ल्याएर अनुसन्धान गर्दा आफूले आफैँलाई शरीरमा चोटपटक लगाई हातखुट्टा बाँधेर गोदावरीस्थित सडक किनारको नालीमा बसेको भेटिएको रेग्मीले बताए ।

उक्त सुन इलाका प्रहरी कार्यालय, अनारमनी बिर्तामोड झापाको समन्वयमा निजको घर कोठाको खानतलासी गरी बरामद गरिएको छ । उनका साथबाट सुनको ब्रासलेट एक थान, सुनको बेरुवा औँठी एक थान, मोबाइल एक थान र ल्यापटप बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ४ : ३० बजे