१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘हल्कारा’ समिक्षा : टेलिचलचित्रको स्वाद,रोमाञ्चक कथा



हुलाकीको एउटा सानो गल्तीले मानिसको जीवनमा पार्ने प्रभावसँगै कथालाई रोचक ढंगबाट पस्किएको छ

२९ बैशाख । शुक्रबारको चलचित्र प्रर्दशनको नेपाली चलनचल्ती पछ्याउदै आजदेखि देशभरका चलचित्र भवनहरुमा चलचित्र ‘हल्कारा’ प्रर्दशन सुरु भएको छ ।
दशकौं अघि नेपाली समाजमा कायम रहेको हुलाक सञ्चारको प्रचलनलाई कथामा उतारेर चलचित्र बनाइएको छ ।
हुलाकीको एउटा सानो गल्तीले मानिसको जीवनमा पार्ने प्रभावसँगै कथालाई रोचक ढंगबाट पस्किएको छ । पार्शसंगीतले दर्शकलाई सुखद अनुभव गराउनेछ ।
चलचित्रमा कुनै गीत छैन । द्वन्द्व छैन । प्रेमकथा र रोमाञ्चको दृश्य हेर्न पाइदैन । चलचित्र गाँउको पाखापखेरामा गरिव र हुँदा खाने बर्गको कथा र व्यथा भनिएको छ ।


चलचित्रका नायक महेश त्रिपाटी ‘राम’ पात्र गाँउघरको भट्टीमा रक्सी खाँदै हल्लदै जीवन विताउदै गर्दा जव गाँउको हुलाकका जागिर खान पुग्छ अनि कथा सुरु हुन्छ र रक्सी खाएर पाखामा लडेको ‘राम’ को पैसा चोर चोरि दिन्छन् । चिठ्ी निकालेर फ्याकिन्छन् । कथा यहीबाट सुरु हुन्छ ।
चलचित्रमा चिठ्ठी साटिदा हल्कारा ‘राम’ले भोग्नु परेको दुःख देखाइएको छ । वैदेशिक रोजगारीमा विदेश गएकाहरुले चिठ्ठी कुर्दै गाँउमा विताएका पलहरु चलचित्रको पर्दामा उतारिएको छ ।
सिनेमेट्रोग्राफिक राम्रो छ । प्रकृतीलाई ठाँउ ठाँउमा जोडिएको छ । बर्षे याममा खिचिएको फिल्मको मधुरो प्रकाशले गाँउको दुःखलाई प्रतिविम्बित गरेको छ । चलचित्रका पात्रहरु यतार्थपरक लाग्छन् ।
चलचित्रमा हलमा चलाउने मसला छैन । फिल्म फेस्टिवलमा देखाउने डकुमेन्ट्री शैलीलाई पछ्याएको छ भने टेलिचलचित्रको स्वादमा पस्किएको छ ।
गाँउले जीवन नभोगेका दर्शकलाई पात्र नयाँ मात्रै होइन बोरिङ लाग्छन् ।


चलचित्रमा पात्र ‘राम’ र विनिता थापामगर ‘मियाँ’को सम्बन्ध चलचित्रले पुष्टि गर्दैन । चिठ्ठी पु¥याउन गएको चलचित्रमा पात्र ‘राम’ विनिता थापामगर ‘मियाँ’को घरमा लामो समयसम्म किन बस्यो भन्ने कौतुहल चलचित्र हेर्ने दर्शकले पक्कै गर्नेछन् । जुन चलचित्रले पुष्टि गर्दैन ।

 

चलचित्रमा पात्र ‘राम’ र विनिता थापामगर ‘मियाँ’को सम्बन्ध चलचित्रले पुष्टि गर्दैन

वैदेशिक रोजगारीको दुःख कष्ट उनीहरुले भोग्ने जीवन चलचित्रले समेट्ने कोशिस गरेको छ । चलचित्रले धेरै खर्च गरेको अनुभव हुँदैन । जसका कारण निर्माता घाटामा जाँदैनन् । चलचित्रले अवार्ड जित्नुले प्रचारमा सघाएको छ । जसरी चलचित्रको ट्रेलर कथा भन्छ । फिल्म हलको पर्दामा त्यो नपाउन पनि सकिन्छ । ट्रेलरमा देखाइएको र सुनाइएको संवादका दृश्यहरु रोचक छन् । तर चलचित्रभरि ती जहाँत्यही भेटिदैनन् । ट्रेलर हेरेर चलचित्र हेर्न जाने दर्शक सन्तुष्ट नहुन पछि सक्छ ।

 

 

 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ४ : ५१ बजे