५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा वितरण हुने मेलम्चीको पानी मर्मतका लागि रोकिने



३० बैशाख । काठमाडौं उपत्यकामा वितरण हुने मेलम्चीको पानी आयोजना स्थल मर्मतका लागि आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।
हेलम्बु १ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिएका छन् ।
सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिए ।
गएको दुई बर्षअघि बाढीका कारण मेलाम्ची खानेपानी आयोजनामा गम्भिर क्षति भएको थियो । खानेपानी आयोजना गत बर्ष मर्मतपछि सञ्चालनमा ल्याइएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ५ : ०४ बजे