१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अमेरिकाबाट ४० वटा पुरातात्विक सम्पदा नेपाल फर्काइँदै



काठमाडौं, ३० वैशाख । अमेरिकी सरकारले नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका कलात्मक ४० वटा सम्पदा घर फर्काइदिने भएको छ । वासिङ्‍टन डीसीस्थित नेपाली दूतावासमा शुक्रबार आयोजित एक समारोहमाझ अमेरिकी सरकारको गृह मामिला निकायका अधिकारीले यी सम्पदा दूतावासलाई हस्तान्तरण गरेको दूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।

अमेरिकाको हवाइ राज्यको होनोलुलुमा सन् २०१० अगस्ट १० मा त्यहाँको भन्सारले पक्राउ गरेको सम्पदाबारेको सूचना बाहिर आएपछि यसको ‘उत्पत्तिको मुलुक’ (कन्ट्री अफ ओरिजिन) र प्रामाणिकता स्पष्ट भएपछि अमेरिकी सरकारले सम्पदा फिर्ता गरेको हो । सम्पदाको अधिकार तथा घरफिर्तीका लागि नेपालले सन् २०११ मै अमेरिकालाई औपचारिक पत्र पठाएपछि यो प्रक्रिया अघि बढेको हो ।

दूतावासमा आयोजित समारोहमा राजदूत श्रीधर खत्रीले अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी(डीएचएस) र होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन(एचएसआई)लाई कृतज्ञता जनाउँदै सम्पदाको संरक्षण तथा घरफिर्तीमा अमेरिकी सरकारले देखाउँदै आएको तत्परताको प्रशंसा गरेका थिए । समारोहमा एचएसआईका उपसहायक निर्देशक रिकार्डो मेयरोल र विदेश मन्त्रालयका निमित्त उपसहायक सचिव स्कट अर्वमले पुरातात्विक सम्पदाको पहिचान तथा घरफिर्तीमा अमेरिकी सरकारको सहयोग निरन्तर रहने बताएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ९ : ४२ बजे