१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाली सेनाको टोलीद्वारा सगरमाथा आरोहण



काठमाडौं, १ जेठ । नेपाली सेनाको टोलीले सोमबार सगरमाथा शिखर आरोहण गरेको छ। सफा हिमाल अभियानमा खटिएको कर्णेल किशोर अधिकारीको नेतृत्वको टोलीले सगरमाथा आरोहण गरेको हो।

जसमा कर्णेल किशोरसँगै कप्तानहरू दिपेन्द्रसिं खत्री, विष्णुबल राई र जवानहरू किशोर जवेगु, शंकर कुँवर छन्।

उनीहरुसँगै माउन्टेन गाइडको रुपमा भोजपुरका वोङछु शेर्पा र संखुवासभाका फुर्वा शेर्पा, फुर्वादोर्ची शेर्पा, लाक्पा शेर्पाले समेत आरोहण गरेका छन्।

सेनाको टोलीले सोमबार बिहान १० बजेर ५ मिनेटमा शिखर आरोहण गरेको हिमाल सफाइ अभियानको व्यवस्थापनमा खटिएको पिक प्रशोमन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताए। सेनाको टोली मंगलबार ल्होत्से आरोहणको तयारीमा छ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ६ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।