काठमाडौं, ३ जेठ । मौसम खराब हुँदा हवाई उडान प्रभावित भएको छ । काठमाडौंबाट उड्ने जहाज प्रभावित नभए पनि अवतरण हुने जहाज भने प्रभावित भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सक्ने अवस्था नरहेपछि जहाज काठमाण्डौ वरपरको आकाशमा घुमेको घुम्यै छन् । नयाँ दिल्लीबाट आएको भिस्तारा एअरलाइन्स, दोहाबाट आएको कतार एअरवेज, जापानको टोकियोबाट आएको नेपाल एअरलाइन्स र दक्षिण कोरियाबाट आएको कोरियन एअरलाइन्सले आकाशमा फन्को लगाइरहेका छन् ।
३ जेष्ठ २०८०, बुधबार
6
Shares







प्रतिक्रिया