१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


‘मिस नेसनल नेपाल २०२३’ उपाधि समा पराजुलीलाई (तस्विरहरु)



४ जेठ । यस बर्षको ‘मिस नेसनल नेपाल २०२३’ समा पराजुलीले जितेकी छिन् । राजधानीमा बुधबार सम्पन्न ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२२३’ अन्र्तगत ‘मिस्टर नेसनल नेपाल २०२३’ शिशिर वाग्लेले हात पारे ।

प्रतियोगिताको ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेशनल नेपाल २०२३’ प्रज्ज्वल ताम्राकार बनेका छन् । चारैजनाले सोही शीर्षकअन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।


प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे तथा तेस्रो अङ्कित कातिला र सुम्निमा खापुङ्ग लिम्बूलाई घोषित गरियो ।
मिस सनुर्भी इन्टरनेशनल प्रालिको आयोजमा प्रतियोगिता सम्पन्न भएको हो ।


प्रतियोगितामा काठमाडौँसँगै धनगढी, इटहरी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० जना सहभागी थिए ।


कार्यक्रममा सुमधुर संगीतसँगै नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

     

 

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ३ : ५५ बजे