६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको सांस्कृतिक धरोहरमा राज्यको आँखा परेनः तोसिमा कार्की



काठमाडौं, ८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले ललितपुरको सांस्कृतीक धरोहरमा राज्यको आँखा नपुगेको आरोप लगाएकी छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसद कार्कीले उक्त आरोप लगाएकी हुन्। सांसद कार्कीले ७२ को भूकम्पले क्षति भएको बुङ्मतीको रातो मछिन्द्रनाथ र खोकनाको रुद्रायणी मन्दीरको पुनर्निर्माण नभएको भन्दै सरकारको ध्यानाआकर्षण गराइन्।

‘कला, संस्कृति, सम्पदाको लागि नै चिनिने ललितपुरको संस्कृतिक धरोहरमा भने राज्यको आँखा परेनछ। आँखा परोस् पनि कसरी नै ०७२ को भूकम्प पछिको पुनर्निर्माण सकियो भनेर पुनर्निर्माण प्राधिकरण समेत विघटन भइसक्यो,’ सांसद कार्कीले भनिन्,‘तर बुङ्मतीको रातो मचिन्द्रनाथ र खोकनाको रुद्रायणी मन्दिर भने ८ वर्षदेखि पुनर्निर्माण कुर्दा कुर्दै जिर्ण भइसक्यो।’

सांसद कार्कीले उक्त सम्पदाहरु सरकारकै ‘हाम्रो सम्पदा राम्रो सम्पदा’ र पर्यटन गन्तव्य विस्तार तथा पहिचान कार्यक्रमअन्तर्गत पुनर्निर्माण गर्न बजेट विनियोजन गर्न माग गरिन्।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ७ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।