५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विधेयक फिर्ताका लागि राष्ट्रियसभामा प्रतिवेदन पेस गरिने



८ जेठ  । विधायन व्यवस्थापन समितिले ‘कोभिड १९ संकट व्यवस्थापन विधेयक २०७८ फिर्ता गर्ने सम्बन्धमा राष्ट्रियसभामा प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ।

समितिको आज बसेको बैठकले समिति सभापति जयन्ती देवी राईले सबैखाले महामारी र सङ्क्रामक रोगको व्यवस्थापन गर्ने विस्तृत प्रकृतिको छुट्टै विधेयक आवश्यक भएकाले फिर्ता गर्ने सम्बन्धमा प्रतिवेदन पेस गर्ने निर्णय भएको जानकारी दिए।

उनले विधेयकको सैद्धान्तिक पक्ष र कानुन बनेपछि पार्ने प्रभावका सम्बन्धमा छलफल गरेको भए पनि  दफाबार छलफल अगाडि बढाउन नसकिएको बताए।

‘सबैखाले महामारी र संक्रामक रोगको व्यवस्थापन गर्ने विस्तृत प्रकृतिको छुट्टै विधेयक तर्जुमाका क्रममा रहेको भन्ने सम्बन्धित मन्त्रालयबाट समितिमा जानकारी प्राप्त भएको हुँदा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम राष्ट्रियसभाको बैठकमा प्रतिवेदन पेश गर्ने निर्णय भएको छ,’ उनले भने।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  १२ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।