२२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ’नाङ्गो गाउँ’को छायांकन ३३ औं दिनमा पूरा



काठमाडौं, ९ जेठ । हाम्रो चलचित्र ’नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिका क्षेत्रमा ३३ औं दिनमा पूरा भएको छ । हिमाल शर्माको प्रस्तुति, जय श्रेष्ठको निर्माण, दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको छायांकन आलोक शुक्लाले गरेका हुन् ।

वनीश शाहको सम्पादन रहने चलचित्र आगामी भदौ २९ मा रिलिज हुँदैछ । यसमा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी शाह, शिशिर बाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरी, घनुभाइ जोशी, निमा पाण्डे, सविन बास्तोला, शंकर आचार्य, केशव राई, इष्टु कार्की, ताण्डव, रामकाजी घिमिरे लगायतका अभिनय हेर्न पाइनेछ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।