६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


फिल्म प्राविधिकलाई ग्रेडिङअनुसार पारिश्रमिक दिने निर्माता संघको निर्णय



१० जेठ । चलचित्र निर्माता संघले ग्रेडिङअनुसार प्राविधिकलाई पारिश्रमिक दिने निर्णय गरेको छ । बुधबार बसेको संघको कार्यसमिति बैठकले चाँडै प्राविधिक संघसँग बसेर प्राविधिकको क्षमता र अनुभवअनुसार ग्रेडिङ गर्ने समेत निर्णय गरेको छ । निर्माता संघका अध्यक्ष नवल खड्काले ग्रेडिङको आधारमा पारिश्रमिक दिने निधो भएको बताए ।

अब ग्रेडिङअनुसार पारिश्रमिक दिने खड्काले बताए । फिल्म प्राविधिक ए, बी र सी ग्रेडमा विभाजन गर्ने समेत उनले जानकारी दिए ।

गत वैशाख १ गतेदेखि प्राविधिक संघले छायांकनमा सिफ्ट सिस्टम लागू गर्दै १२ घण्टे तालिका कार्यान्वयनमा ल्याएको थियो । अतिरिक्त समय काम गर्नुपरे अतिरिक्त पारिश्रमिक दिनुपर्ने नेफ्टाको नियम थियो । सोहीअनुसार छायांकनमा प्राविधिकले पारिश्रमिक लिंदै आएका थिए । निर्माता संघको कार्यसमिति निर्णयपछि नेफ्टाको उक्त नियम प्रभावित हुने देखिएको छ । यसैबीच, निर्माता संघको बुधबारको कार्यसमिति बैठकले चलचित्र संघसँगको अवरुद्ध वार्ता केही दिनमा सुचारु गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ४ : ५४ बजे