८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र निर्देशक मिलन चाम्स किन धेरै रिसाउछन् ?



११ जेठ । निर्देशक मिलन चाम्स ज्यादै रिसाउछन् । उनी कार्यकारी निर्देशक प्रशान्त थापालाई गाली समेत गर्छन । धेरै समय फोन समेत उठाउदैनन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफ्नो रिसको पारो तात्ने विषयमा आफैले खुलासा गरे । भने, ‘म आफूले भनेको जस्तो भएन भने रिसाइहाल्छु ।’ उति नै बेला निर्माणाधिन चलचित्र गोरखा वरियर्सकी नायिकारेविका गुरुङ कार्यक्रममा ढिलो आएको भन्दै चाम्सले रिस देखाइहाले । उनी भन्छन्, ‘म समय अनुसार चल्छु । समय अनुसार नचल्ने मान्छे देख्दा रिस उठ्छ ।’
नेपाली टेक्निसियन समयमा नचलेको देख्दा उनी वाक्क दिक्स पाक्स बनेको बताउछन् । ती टेक्निसियनहरुले उनलाई ‘भोलि’ र ‘भइहाल्छ’ भनेर धेरै काम टारेका मन नपर्ने रहेछ । त्यसैले उनी मुम्बई र लण्डन गएर काम गरिरहेका छन् ।
निर्देशक चाम्सले राम्रा नेपाली टेक्निसियनहरु प्नि रहेको उनले बताए । आफूले काम नगरेका धेरै कलाकार र टेक्निसियनहरु रहेको उनले बताएका थिए । पछिल्लो समय नेपाली चलचित्रमा चाम्स चल्तीका निर्देशक हुन् । उनले सिने बजारलाई विर बिक्रम,लिली विल्ली,हेप्पी डेज, गोर्खा बरियर्स र बर एण्ड बधु चलचित्र दिएका छन् ।

पाइलट विजय लामा ः ‘मैले वाइडबडी हवाईजहाज उडाउनै सपनै देखेको थिइन’
राजधानीमा मंगलबार चलचित्र ‘गोरखा वारियर्स’ ले पत्रकार सम्मेलन आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा निर्देशक मिलन चाक्स, चलचित्रकी नायिका, निर्माता पाइलट तथा कलाकार विजय लामालगायतको भीड थियो ।
पत्रकार सम्मेलन आयोजना गरेपछि पत्रकारले प्रश्न त सोध्ने नै भए । यसै क्रममा एक पत्रकारले प्वाकै सोधिहाले,‘निर्देशक ज्यू,तपाई बाहेक सबै खत्तमै हो ।’ उनको प्रश्नप्रति पाइलटले आपत्ती जनाउदै पत्रकारलाई सकारात्मक हुन सुझाए । उनले निर्देशकले राम्रो काम गर्नेलाई सधै प्ररणा दिने गरेको बताए ।
उनले सपना देख्नु पर्ने र सपना देख्न सकारात्मक भएर अघि बढ्नु पर्ने बताए ।
पाइलट लामाले चलचित्र ‘गोरखा वारियर्स’ अन्र्तराष्ट्रिय चलचित्रको रुपमा हलिउडमा प्रिमियर हुनु गर्वको कुरा भएको बताए ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  २ : ५६ बजे