७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘टुल्की’ र ‘हुक्का’ आजदेखि प्रर्दशनमा



१२ जेठ । आजदेखि देशभरका चलचित्र भवनहरुमा चलचित्र ‘टुल्की’ र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ प्रर्दशन हुँदैछ ।

एक महिलाले धेरै जनासँग श्रीमाने मानेर बस्ने बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ पश्चिमी क्षेत्र डोल्पाको त्रिपुराकोट, रम्ली,करेलीकाँडा र फोक्सुण्डोमा छायांकन भएको छ ।

नेपालको डोल्पा,मुगु,मुस्ताङ,गोरखा र हुम्लालगायतका जिल्लामा एउटी महिलाले विवाह गरेपछि घरमा धेरै दाजुभाईको पत्नी भएर बस्ने परिवारको कथामा चलचित्र निर्माण गरेको निर्माता शेखर लामाले जानकारी दिए ।

चलचित्रकी अभिनेत्री स्वस्तीमा कार्कीले ६ महिना लामो वर्कशप र दुई महिनासम्म हुम्लामा बसेर चलचित्र सुटिङ गरेको अनुभव सुनाइन् । उनले भनिन्, ‘तीन जना पतिको पत्नी भएर अभिनय गर्दा अलौकिक अनुभव भएको थियो ।’
निर्देशक देव थापाले तिव्वत,भुटान र भारतमा समेत बहुपति प्रथा कायम रहेकाले अन्तर्राष्ट्रिय बिषयबस्तुमा चलचित्र निर्माण गरेको दाबी गरे । उनले भने,नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन हुन थालेकाले बजार विस्तारमा सहयोग पुग्ने ठोकुवा गरे ।

चलचित्रमा अभिनेत्री स्वस्तिमा कार्कीले यस चलचित्रमार्फत रजतपटमा डेव्यु गरेकी छिन् । साथमा शिशिर वाङ्देल,सोम लामा, रत्न प्रसाद न्यौपाने,हिमाली न्यौपाने,सौजन सुब्बा,सोफिया लिम्बू,नरेन्द्र तामाङ,शेखर लामा,भक्त सिंह कठायतको अभिनय हेर्न सकिन्छ ।

शम्भु थापाको निर्देशन रहेको ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगको अभिनय छ ।

सन्तोषकुमार आत्रेयको कथा रहेको चलचित्रमा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । चलचित्रको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।
चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ ले उपहार दिने
चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ ले अनलाइनमार्फट टिकट किनेर हेर्ने दर्शकलाई उपहार समेत दिने भएको छ । अनलाइनबाट टिकट किन्ने ६ जना दर्शकले उडी एडभेन्चर साइक्लिङ, स्वीङ र जिपलाइन, अन्नपूर्ण केवलकारको निःशुल्क टिकट र पोखराको सेदीस्थित कल्चर रिसोर्टमा २ दिनको लजिङ र फुडिङको सुविधा पाउनेछन् ।
यसका लागि दर्शकले फिल्मको काटेको टिकट सुरक्षित राख्नुपर्नेछ ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  २ : ३७ बजे