१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा सञ्चालनमा आयो शिशाको पुल



पुलमा चढेर तस्विर खिच्ने र टिकटक बनाउने युवा युवतीहरु भेटिने गरेका छन्

 

ललितखबर
१२ जेठ । राजधानीकोे स्वयम्भू नजिकै नागार्जुन ३ मा उपत्यकाको दृश्यावलोकनका लागि शिशाको पुल सञ्चालनमा आएको छ । विदेशमा यस्ता शिशाको पुलमा मान्छेहरु घुम्ने गरेको थुप्रै दृश्यहरु फोटो भिडियोबाट देखिने गरेको भए पनि अव काठमाडौंमै यो सुविधा पाइने भएको छ ।
पुल सिङ्गल ट्रि हिल्सले सञ्चालनमा ल्याएको यो स्काई ग्लास स्विङ ब्रिजमा पछिल्लो समय घुम्न जाने युवा युवतीहरुको आर्कषण देखिएको छ । पुलमा चढेर तस्विर खिच्ने र टिकटक बनाउने युवा युवतीहरु भेटिने गरेका छन् ।
सञ्चालनक सोम श्रेष्ठले पुलमा प्रवेश गर्न ५ सय रुपैयाँको टिकट लाग्ने बताए ।
४२ फिट लामो र ७ फिट चौडा रहेको पुलमा निर्माण गर्न करिव १ करोड खर्च भएको सञ्चालक श्रेष्ठ बताउछन् ।
स्काई ग्लास स्विङ ब्रिजमा टिकटक बनाउन, बर्थडे सेलिब्रेट, फोटो भिडियो खिच्नेहरुको आर्कषण रहेको उनी बताउछन् । पुलमा साना बच्चाहरुका लागि भने टिकटको ब्यबस्था छैन ।
पुल नेपालमै पहिलो पटक विद्युतबाट चल्ने स्विङ ब्रिज हो । काठमाडौं लगायत अन्य थुप्रै जिल्लाबाट आन्तरिक तथा बाह्य पर्यटकहरुले फोन गरेर नै आउने गरेको श्रेष्ठले बताए । यो पुलबाट एकदिनमा ४ सय देखि ५ सय जनाले मनोरंजन गर्दै दृश्य अवलोकन गर्न सक्छन्।
वरपर जंगल र अगाडि काठमाडौं शहरको दृश्य देखिने यस ठाँउ पछिल्लो समय पर्यटकीय स्थलको रुपमा विकशित भएको छ ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ५ : ४५ बजे