१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


‘हामीसँग देश विकाशको मास्टर प्लान छ’



पार्टीले गरेको कामको प्रचार पनि राम्रोसँग हुन सकेको छैन । काम राम्रो भएको छ । तर हामीले प्रचार गर्न सकेनौं जानेनौं

महेश बस्नेत
ललितपुरमा नेकपा एमालेसँग भावनात्मक रुपमा जोडिएको ठूलो पंक्ती छन् । यो ऐतिहासिक रुपमा पनि कम्युनिष्टको विरासत भएको ठाँउ हो । तुलसीलाल अमात्यजस्तो कम्युनिष्ट आन्दोलनको धरोहर जन्मेको हुर्केको ठाँउ भएकाले ललितपुर नेकपा एमालेका लागि महत्वपूर्ण ठाँउ हो ।
तर पछिल्लो समय युवाहरुमा संगठनात्मक हिसावले नेपाल कम्युनिष्ट पार्टी एमालेमा गोलबद्ध हुनै बाँकी छन् । हाम्रो पार्टीले नियमित गतिविधिहरु नगर्दा पनि यो अवस्था आएको हो । हामीसँगै पार्टी संगठन मजबुत बनाउने धेरै सम्भावना छन् । धेरै सदस्यहरु पार्टीको नियमित सम्पर्कमा ल्याउन नसकिएको, कार्यकर्ताको क्षमता अभिबृद्धिका विभिन्न कार्यक्रम र प्रशिक्षण गर्न बाँकी रहेको अवस्था छ ।

 

जनताको जनजीविकाको सवाल उठ्ने गरेको छ । जनता सामुहिक समस्या राख्नेभन्दा पनि आफ्नो जीवन गुजारा गर्नमै ध्यान छ

पार्टीभित्र निर्वाचनमा टिकट नपाएकोजस्ता असन्तुष्टि पालेर बसेका कार्यकर्ताका सम्बन्धमा छलफल र उनीहरुका कुरा सुन्ने समस्या समाधानका लागि पार्टी पंक्तिले पहल गर्न यो मिसन ग्रास रुट अभियान सञ्चालन गरिएको छ । यस्ता अभियानले पार्टीभित्रका समस्या समाधान र जुजारु संगठन निर्माणमा सहयोग पुग्छ ।
केही युवाहरुमा ठूला पार्टीले काम गरेनन् विकल्प खोज्नुपर्छ भन्ने असन्तुष्टि र भ्रम छ । पार्टीले गरेको कामको प्रचार पनि राम्रोसँग हुन सकेको छैन । काम राम्रो भएको छ । तर हामीले प्रचार गर्न सकेनौं जानेनौं । धेरै सञ्चारमाध्यमहरु हाम्रो विरुद्ध मिसनमा लागेकाले पनि यो अवस्था आएको हो ।
नवयुवाबीच पछिल्लो समय पार्टीको उपस्थिती कमजोर हुँदै गएको छ । उनीहरुलाई प्रशिक्षित गर्ने समस्याहरु सुन्ने र समस्या हल गरेर युवा पंक्तिलाई समेत पार्टिले सँगै लिएर अघि बढ्ने र विकाशको मुद्दामा केन्द्रित हुनेतर्फ लाग्नु अत्यावश्यक भइसकेको छ ।
अभियानका क्रममा जनताको घर दैलोमा पुग्दा धेरै कार्यकर्ताको गुनासा व्यक्तिगत लाभ भएन भन्ने सुन्न परेको छ । जनताको जनजीविकाको सवाल उठ्ने गरेको छ । जनता सामुहिक समस्या राख्नेभन्दा पनि आफ्नो जीवन गुजारा गर्नमै ध्यान छ । हामीले जनताको जीवन सुधार्न आर्थिक क्रान्तिको बाटो अवलम्बन गर्नुपर्ने टड्कारो अवस्था देखेका छौं । यो हामी प्रतिपक्षमा रहेसम्म सम्भव हुँदेन । जनताको सवाल सदन र सरकारसम्म पु¥याएर समाधान गर्न हामीले अझ पहल जरुरी देखिएको छ ।
राजनीतिक परिस्थिती र गठबन्धनको अवस्था हेर्दा हामी जुनसुकै बेला निर्वाचनमा जाने अवस्था आउन सक्छ । पुरा अवधि ५ बर्षसम्म चलेको खण्डमा गठबन्धन धेरै बदनाम भएर टुंटिएर जाने अवस्था छ । हामी मिसन ग्रासरुट मार्फत टोल टोलसम्म संगठन विस्तार र अधिवेशन गरेर पार्टी र संगठनलाई बलियो बनाउदै छौं । यस अधियानले संगठन सुदृढ मात्रै होइन पार्टीमा रहेका समस्या समाधान गर्न सहयोग पुग्छ ।

 

पार्टी एकतापछि हामीले नेकपा माओवादीका कार्यकर्तालाई हैसियत भन्दा धेरै महत्व र ठाँउ दिएका कारण संगठनमा समस्या आयो

पार्टी एकतापछि हामीले नेकपा माओवादीका कार्यकर्तालाई हैसियत भन्दा धेरै महत्व र ठाँउ दिएका कारण संगठनमा समस्या आयो । त्यसैबेला हामीमाथि चौतर्फी हमला भयो । पार्टि अध्यक्षलाई हटाउने, नेकपा एमालेलाई निस्तेज बनाउने प्रयास भयो । बैचारिक र साँगठनिक रुपमा केही काम भएनन् ।

प्रशिक्षण र पार्टीको बैठक र संगठन विस्तार नहुँदा भुत्ते संगठन लिएर निर्वाचनमा जानु परेको थियो । यस्तो अवस्थामा पनि हामी समग्रमा दोश्रो र मतको हिसावले पहिलो बनेका छौं । ग्रासरुट अभियान पछि पनि निरन्तर पार्टि संगठनलाई क्रियाशिल बनाउने अभियानहरु चलाउदा पार्टिलाई उचाईमा पु¥याउन सकिन्छ । पुराना पुस्तामा नेकपा एमालेको आर्कषण धेरै छ । तर युवाहरुमा धेरै काम गर्न देखिन्छ ।
नेकपा एमाले सम्बद्ध जनप्रतिनिधिहरुले काठमाडौंका मेयर वालेन शाह र धरानका मेयर हर्क साङपाङले भन्दो धेरै राम्रा काम गरेको उदाहरणहरु छन् । तर ती कामको प्रचार भएनन् । हामीले प्रचार गर्नै जानेनौं । नेकपा एमालेका जनप्रतिनिधिहरुले कामको प्रचार गर्न चासो नदेखाएकाले पनि यसो भएको हो ।
जनप्रतिनिधिहरु निर्वाचन जिनेपछि पार्टीको सम्पर्कमा कम आउदा पनि धेरै कुरामा समस्या आएको छ । हिजो पार्टीले उम्मेदवार उठाउने, खर्च र प्रचारको काम गरेर जिताउने हुँदा पार्टी नजिक हुन्थे । तर आज निर्वाचन खर्च बढ्ने र आफै खर्च गरेर निर्वाचनमा जित्ने कारण पार्टीसँग उनहिरु टाढिउका छन् । हामीले यो अवस्था घटाउनु पर्छ । अवदेखि निर्वाचनमा जनपरिचालनदेखि खर्च परिचालनसम्म पार्टीले नै गर्नुपर्ने सुझाव आएको छ ।
हाम्रो क्षमता भनेकै जनसंगठनहरु हुन् । जनसंगठनको संगठन विस्तार नियमित बैठक र उनीहरुका समस्या सुन्दै समाधान गर्दै जाँदा हामी आफै बलियो बन्छौं । सधै जनतामा रमाउने जनप्रतिनिधिले नै निर्वाचनमा सफलता पाउने हो । मिसन ग्रासरुटपछि ५ बर्षसम्म निरन्तर यस्तै अभियानहरु सञ्चार गर्दै जनतासँग हात्तेमालो गर्ने अवसर पार्टीले श्रृजना गर्नुछ । देशको विकाश हामीबाहेक रुले गर्न सक्दैनन् । हामीसँग देश विकाशको मास्टर प्लान छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १ : ०४ बजे