१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको तापक्रम ३२ डिग्रीसम्म पुग्ने, तराइको जनजीवन प्रभावित



१९जेठ । काठमाडौंसहित देशभरको तापक्रम बढिरहेको छ । काठमाडौंमा आज दिउँसो तापक्रम बढेर ३२ डिग्री सेल्सियससम्म पुग्नेछ । तराइमा अधिक गर्मीले गर्दा जनजविन प्रभावित भइरहेको छ । गर्मीका कारण विद्यालयहरुमा बालबालिका बेहोस हुने, ज्वरो आउने,पेट दुख्ने लगायतका रिामी बढ्न थाललेका छन् ।

केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ । निरन्तर बढ्ने क्रममा रहेको छ । आज काठमाडौंका ३० देखि ३२ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने सम्भावना रहेको मौसमविद्को अनुमान छ ।

तराईका जनकपुर, सिमरा र भैरहवा क्षेत्रमा १ डिग्रीसम्म तापक्रम पुग्ने सम्भावना रहेको छ । नकपुर, सिमरा र भैरहवालगायत क्षेत्रमा ४० डिग्रीसम्म तापक्रम पुगिसकेको छ । आज ४१ डिग्रीसम्म पुग्ने सम्भावना रहेको छ । अझै केही दिन तापक्रम बढ्ने देखिन्छ ।

काठमाडौंमा पनि तापक्रम बढ्ने क्रममा रहेको र पानी नपर्दासम्म यस्तै अवस्था रहने र काठमाडौंमा कम्तीमा तीन दिन अझै वर्षाको सम्भावना नरहेको र देशका केही भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  २ : ५६ बजे