१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


नागरिकता विधेयकले देश सिक्किमीकरणतर्फ



सुरेशकुमार पाण्डे

विगतमा संसदले पारित गरेर राष्ट्रपति विद्यादेवी समक्ष प्रमाणिककरण गर्न पठाएको राष्ट्रघाती नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिककरण गरेका छन्।

त्यो बेला विद्यादेवी भण्डारीको धेरै आलोचना भयो । दुई-दुई पटक प्रचण्ड सरकारले दवाब दिए पनि विधेयक प्रमाणिककरण गरिनन् ।

अहिले रामचन्द्र पौडेलको कार्यकालमा नागरिकता विधेयक पारित भयो । अब जन्मका आधारमा नागरिकता पाएकाले बंशजको आधारमा नागरिकता पाउने निश्चित छ । भारतबाट विहे गरेको महिलाले तुरून्तै नागरिकता पाउँनेछिन् । अब देशभित्र भएका चालिस लाखभन्दा बढी भारतीयहरूका आश्रितहरूले नेपाली नागरता पाउने प्रायः निश्चित भयो ।

नेपाल मूलका भारमा बसेका वा जमिनसँग भारतमा गएका नेपालीहरू अहिले पनि भारतिय नागरिकता प्रमाणित गर्न सक्ने अवस्थामा छैनन् ।

अहिले प्रचण्डको भारत भ्रमण गर्नुभन्दा पहिले लुम्बिनी र कपिलबस्तुलाई भारतीय नयाँ नक्सामा राखेर विगतका सबै मुद्धाहरूलाई भारतले गौण बनाई दिएको छ

उनीहरू केही वर्ष पहिले आसामबाट मात्रै सवा लाख नेपाल मूलका भारतीयहरू सँग नागरिकताको सुचिमा नआएको भनेको थियो । भारतले सन् १९८६मा मेघालयबाट नेपालमूलका नागरिकहरूलाई त्यहाँका जनताले ज्यादै अपमानित ढंगबाट खेदेको थियो ।

पछि नेपाल मूलका भारतीय नागरिकसँग यस्ता घटना नघट्लान भन्न सकिदैन । यता नागरिकता बिधेयक पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दहालको जम्बो टिम भारत प्रस्थान भयो । उनको भारत भ्रमणभन्दा पहिले छिमेकी मुलूकले लुम्बिनी र कपिलबस्तुलाई आफ्नो नयाँ नक्सामा सामिल गरेको छ।

भारतले नेपाललाई खेलौना जस्तै बनाउँन कुनै पनि कसर छाडेको छैन् । अहिले प्रचण्डको भारत भ्रमण गर्नुभन्दा पहिले लुम्बिनी र कपिलबस्तुलाई भारतिय नयाँ नक्सामा राखेर बिगतका सबै मुद्धाहरूलाई भारतले गौण बनाई दिएको छ । अब आजभन्दा पहिलेका तमाम मुद्धाहरूलाई नेपाल चुं पनि गर्नसक्ने अबस्थामा छैन ।

केवल यही मुद्धामा साउँरिने छ । भन्निन्छ “बच्चाले रोटी मागेपछी फेरी सितन माग्छन् तर त्यो दिएको रोटीलाई पुनः खोसेपछि उनीहरूले पनि फेरी खोसिएको रोटी माग्छन । “अहिले भारतको कुटनिती यही हो ।
अब नेपालका प्रधानमन्त्रीले अरू सबै भुलेर अहिलेको नक्साको बारेमा कुरा राख्ने माहोल बनाइदिएको छ । तर नेपाल त्यसमा पनि बोल्न सक्छ की सक्दैन् त्यो छुट्टै विषय हो ।

अहिले सम्म नेपाली राजनीतिक पार्टीहरू सडकमा जति कराए पनि संसदमा बोल्न लगलग कांपेका हुन्छन् । मन्त्री बनेपछि त उनीहरूको बोली नै फुट्दैन् । यस्ता राजनीतिक पार्टीहरूसँग देशको हितमा अन्तररष्ट्रियस्तरमा आवाज उठाउलान भन्ने आस गर्नु पनि मुर्खता भएको छ ।

सडकमा आएपछि जनतामा भ्रम छर्ने र सदनमा पुगेपछी बिदेशीको दलाली गर्ने र कतिपय तिनैको पछि लागेर बैतरर्णी तर्ने बाहेक राष्ट्रियताको सवालमा धेरैजसो मौन देखिन्छन्

 

सडकमा आएपछि जनतामा भ्रम छर्ने र सदनमा पुगेपछी बिदेशीको दलाली गर्ने र कतिपय तिनैको पछि लागेर बैतरर्णी तर्ने बाहेक राष्ट्रियताको सवालमा धेरैजसो मौन देखिन्छन् । कतिपयको दोहोरो भूमिका पनि रहँदै आएको हाम्रो माझमा छर्लङ्गै छ ।

अब देशभक्तहरूको एकताले मात्र यो देशलाई जोगाउँन सक्नेछ । देशभक्तलाई चिनेर राष्ट्रिय एकताको अहिलेको आबश्याकता हो । तर अन्य पार्टीका सबैजसो झोलेहरूलाई झोला होइन उनीहरूलाई देशको हितमा शारिरीक काम गराएर देशको बिकासमा ईंटा थप्ने काम गर्नुपर्ने छ । जबसम्म पार्टीगत रूपमा पेसाको लागि बनेका यी अल्छी नालायक पेसेवरहरूलाई राष्ट्रियकरण गरिंदैन देशभक्तहरूको बिचमा बलियो एकता हुनसक्दैन् ।

सिक्किमको इतिहासलाई अध्यायन गरेर यस बारेमा बुझ्न हामी सबैलाई मद्दत मिल्छ । सिक्किममा दलालहरूको पार्टी निर्माण गरेर उनीहरूका झोलेहरूको आपसमा लडाइ गराएर त्यहांको तत्कालिन राजा च्वगेलको बिरूद्धमा र लोकतन्त्रको पक्षमा आवाज उठाउँन लगाएर जनतालाई अल्लमल पार्न एउटै पार्टीलाई टुक्रा पारेर त्यहाका जनताको भोट ताने । तिनै दलालहरू जो काजी लेण्डुप दोर्जेको इसारामा काम गर्दै थिए ।

त्यो बेला सिक्किमका जनताहरूलाई भनियो । जबसम्म देशबाट बिदेशीहरूलाई खेदिन्न तबसम्म राष्ट्रिय आन्दोलन अगाडी बड्न सक्दैन् । उनीहरूले त्यो वेला बहुमतमा रहेका नेपालीहरूलाई देशबाट निकाले । नेपालीहरूलाई भारतीयहरूको दवाबमा निकालियो । र भारतियहरूले त्यहाँको प्रजातन्त्रको आन्दोलनमा सरिक भए र त्यहाँका जनताहरूलाई भ्रमित गराए ।

अब त्यहाँ उठेका मुख्य राजनैतिक दल दुबै भारतीय इसारामा काम गर्ने दलाल राजनैतिक पार्टीहरू चुनावी मैदानमा आए । त्यहाँका जनताहरूले जुन पार्टीलाई जिताए पनि त्यो भारतिय जित हुन निश्चित थियो । अन्तिममा ठिक त्यही भयो । एक जनाको बिरूद्धमा एकत्तिस जनाले देशलाई एउटा बिलजस्तै पारित गरेर सिक्किम भारतमा गाभियो ।

यो नागरिकता बिद्ययकले देशलाई सिक्किमिकरण गर्न मद्दत गर्ने छ

माथिको संक्षिप्तमा सिक्किमको अध्यायनले हाम्रो देश अब सिक्किमीकरण हुनसक्छ भन्नेबारे प्रष्टसँग बुझ्न गाह्रो पर्दैन ।

अहिले यो नागरिकता बिद्ययकले देशलाई सिक्किमिकरण गर्न मद्दत गर्ने छ । वास्तविक नेपाली जनताले नागरिकता नपाएर बिदेशी भूमिमा आफ्नो प्रराण त्यागे तर बिडम्बना अहिले विदेशीहरूका आश्रितहरूले वंशजको आधारमा नागरिकता पाउनेछन् । हाम्रो देशमा अहिले पनि लगातार जनघाती र राष्ट्रघाती कृयाकलाप हुँदै आएको छ ।

यसले के प्रामाणित गरेको छ भने देशभित्रका राजनीतिक शक्तिहरू पङ्गु बनेकाछन् । र देशको लगाम विदेशीको हातमा केन्द्रित छ ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ७ : १० बजे