१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


आफ्नै घरमा आगो लगाएपछि …



२१ जेठ । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा भएको एक घटनाले चरितार्थ गरेको छ ।
मदकपदार्थ सेवन गरेर नशामा लिप्त भएका धनगढी उपमहानगरपालिका ३ का वीरबहादुर विष्टले दुई दिनअघि आफ्नै पक्की घरमा आगो लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार घरको बीच कोठामा निज विष्टले रातिको समयमा लगाएको आगोले कोठामा रहेको लत्ता कपडा, सोफसेट, बिजुलीको वाइरिङ तारलगायतका झण्डै रु ७० हजार मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ ।
प्रहरी र स्थानीयवासीको प्रयासमा राति नै आगो नियन्त्रणमा लिइएको थियो ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ४ : ३४ बजे